अझ रोमान्टिक

अझ रोमान्टिक

असार २७, २०७१

भनिन्छ, विवाहपछि मानिस थप रोमान्टिक हुन्छ। महानायक राजेश हमालको जीवनमा यो कुरा ठ्याक्कै मिलेको छ। हालै ५० औं बर्थ डे मनाएका हमालले विवाह गरेको पनि धेरै भएको छैन। विवाहपछि भर्खरै मात्र हनिमुन गएका हमालले यो अवधिमा एउटा म्युजिक भिडियोमा अभिनयसमेत गरेका छन्। विवाहपछिको पहिलो अभिनयमा हमाल विगतमा भन्दा बढी नै रोमान्टिक देखिएका छन्। आफू भन्दा ठ्याक्कै आधा उमेरकी नायिका अशिष्मा नकर्मीसँग हमालले एउटा म्युजिक भिडियोका लागि रोमान्टिक दृश्य दिएका हुन्। भिडियोमा पनि राजेश र अशिष्माले भर्खरै विवाह भएको जोडीको भूमिका निर्वाह गरेका छन्। उक्त भिडियोको निर्देशन मिलन चाम्सले गरेका हुन्। भिडियोमा राजेश र अशिष्माका थुप्रै रोमान्टिक दृश्य कैद गरिएको निर्देशक चाम्स बताउँछन्।

प्रकाशित :असार २७, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्