
पलेँटीमा बाबु छोरी
असार २०, २०७१
पिताले एक समयको आधुनिक नेपाली संगीतमा नयाँपनसहितका चर्चित गीत भित्र्याए। छोरी त्यही विधामा संघर्षरत नयाँ पुस्ताको प्रतिनिधित्व गर्छिन्। पलेँटीको दसौं वर्षको दोस्रो प्रस्तुति प्रकाश गुरुङ र रिमा गुरुङ होडाको थियो। शिव शंकर थापाको शब्दलाई प्रकाशले सिँगारेपछि ओमविक्रम विष्टले गाएको गीत उतिबेला जति मिठो सुनिएको थियो, त्यसैबाट प्रारम्भ गर्दा नेपालयको आरशाला पनि सुरुमै जम्न पुग्यो। कारण प्रकाशको उत्तिकै मधुर स्वरमा गीतले अर्को चोला समातेको थियो।
'हरेक गीतसँग संगीतकारको आफ्नै सम्बन्ध हुन्छ,' प्रकाश पछिल्लो समयका केही तीता अनुभव सुनाइरहेका थिए, 'जबकि कतिपय गीत सबैले राम्रो गर्दागर्दै गायकको हातबाटै हत्या भैदिन्छ।'
सातवर्षपछि फेरि पलेँटीको मञ्चमा प्रस्तुत भएका गुरुङले आफ्ना लागि संगीतको अभ्यास गर्ने कोठाबाहेक गीत सुनाउने यो एक मात्र मञ्च भएको स्पष्ट पारे। पलेँटीका संयोजक एवं गायक आभासका अनुसार पलेँटीको आगामी प्रस्तुति यसको सामाजिक सञ्जाल टि्वटर र फेसबुकको एकाउन्टबाट चाँडै सार्वजनिक गरिनेछ।
प्रकाशित :असार २०, २०७१


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्