चलचित्र 'चिहान'

चलचित्र 'चिहान'

असार २०, २०७१-

निर्देशक : बद्रीकृष्ण श्रेष्ठ

कलाकार : नीरज बराल, पूजना प्रधान, अनुपा कार्की, भवेन पराजुली, चन्दा दाहाल तथा प्रनिष्णा केसी।

संगीतकार : रेखा पौडेल

आज शुक्रबार सार्वजनिक हुने 'चिहान' यसअघि च्यारिटी शोमार्फत विदेशमा प्रदर्शन भैसकेको चलचित्र हो। चलचित्रमा मायाप्रेम तथा विश्वासमा शंकाले कसरी जीवनलाई चिहान बनाउँछ भन्ने कथालाई आकर्षक ढंगमा चित्रण गरिएको छ। माया-पारिवारिक कथावस्तु समेटिएको यो चलचित्रका लागि नीरज बराल र पूजना प्रधानले पहिलो पटक अनस्क्रिन रोमान्स गरेका छन्। यसअघि चलचित्र 'बाचा बन्धन' निर्देशन गरेका पुराना निर्देशक बद्रीकृष्ण श्रेष्ठले यो चलचित्रमार्फत समाजलाई सन्देश दिन खोजेको स्पष्ट पारेका छन्। श्रेष्ठ यो चलचित्रका लेखक पनि हुन्। यो चलचित्रमार्फत माया गर्नेले विश्वास पनि गर्न सक्नुपर्छ र विश्वास गर्नेले कहिल्लै शंका गर्नुहुँदैन भन्ने सन्देश व्यक्त भएको छ। चलचित्रमा नेपाली समाजमा घटिने वास्तविक घटनाहरूलाई समेटिएको छ। अनावश्यक शंका गर्दा एउटा व्यक्ति कसरी हत्यारा बन्न बाध्य हुन्छ तथा  त्यसको समयमै उपचार भएन भने कस्तो स्थिति उत्पन्न हुन्छ भन्ने यथार्थता पनि चिहानमा चित्रण गरिएको छ। चलचित्र चिहानमा अष्ट महर्जनको द्वन्द्व तथा कविराज गहतराजको नृत्य निर्देशन छ।

प्रकाशित :असार २०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्