Teej banner
नोकिया स्मार्टफोन एक्स टु

नोकिया स्मार्टफोन एक्स टु

असार २०, २०७१

माइक्रोसफ्टले एन्ड्रोइड प्लेटर्फममा सञ्चालित नोकिया एक्स सिरिजको नयाँ मोडल नोकिया एक्स टु बजारमा उपलब्ध गराउन थालेको छ। यसको मूल्य ९९ युरो छ। पछिल्लो समयमा नोकियाका नयाँ मोडलका मोबाइल फोन बजारमा आइरहेका छन्। यसले बजारमा उपलब्ध सामसुङ, एचटिसी तथा चिनियाँ कम्पनी जियोनी, हुवावेइ तथा जेडटिइसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। ड्युअल सिम प्रयोग गर्न मिल्ने एक्स टुमा १ दशमलव २ गिगाहर्जको ड्युअल कोर स्न्यापड्रागन प्रोसेसर, ४ दशमलव ३ इन्चको क्लियर ब्ल्याक डिस्प्ले, ५ एमपिको क्यामेरा तथा १ जिबीको र्‍याम छ। यसको ४ जिबी मेमोरीलाई ३२ जिबीसम्म बढाउन सकिन्छ। यसमा १ हजार ८ सय एमएएचको ब्याट्री छ भने स्काइप, आउटलुक र वनड्राइभजस्ता माइक्रोसफ्टद्वारा निर्मित एप्स समेत उपलब्ध छन्। यसमा ७ जिबी स्टोरेजका साथ निशुल्क क्लाउड स्टोरेज आदि सुविधासमेत छ।

प्रकाशित :असार २०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्