प्रेम प्रस्ताव राख्ने हिम्मत गरेका छैनन्

प्रेम प्रस्ताव राख्ने हिम्मत गरेका छैनन्

- हेम गिरी

असार १३, २०७१

बाल्यकालदेखि नै मोडलिङ र कलाकारितामा जम्ने सोख पालेकी धरानकी खुसी राईको सोख अहिले आएर सार्थक हुँदैछ । स्थानीय उच्च माविमा 'प्लस टु' अध्ययनरत खुसीलाई उनको शारीरिक संरचनाले समेत साथ दिएको छ । विद्यालय एवं गाउँघरमा हुने नाटकमा अभिनय गर्दै आएकी खुसीको इच्छा एकपछि अर्को गर्दै साकार हुँदै जानुमा उनको शारीरिक संरचना नै मुख्य कारण हो । उनलाई मोडलिङ र कलाकारितामा लाग्न घर-परिवारबाट समेत हौसला र समर्थन प्राप्त छ। टिनएज पार गर्न लागिकी खुसीले 'मिसन माल'बाट चलचित्रमा 'डेब्यु' गरेकी थिइन् । प्रेम र यौनका मामिलामा खुसी अलि पछाडि नै छिन् । अहिलेसम्म उनलाई कसैले प्रेम प्रस्ताव राख्ने हिम्मत पनि गरेका छैनन्।

 

प्रकाशित :असार १३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्