
थापाको बढुवा
असार १३, २०७१
एक-दुई वर्ष तलमाथि होला, नत्र थापा थरका दुई नायिका रेखा थापा र झरना थापा समकालीन नै मानिन्छन्। चलचित्रको संसारमा नायिकाले काम पाउने समय धेरै छिटो बित्छ, तर जन्मले थापा अर्थात् रेखा थापा तथा विवाहपछि थापा भएकी झरना थापा लामो समयदेखि नायिकाकै रूपमा चर्चामा छन्। अहिले पनि यी दुई नायिका चलचित्रको पर्दामा छाइरहेकै छन्। अब भने यी दुवैको बढुवा भएको छ। दुवै नायिका नायिकाबाट निर्देशक भएका छन्। निर्देशक श्याम भट्टराईसँग विवाद भएपछि निर्मातृ रेखा थापाले चलचित्र हिम्मतवालीको निर्देशन आफैंले गरिन्। दसैंमा प्रदर्शन हुने 'हिम्मतवाली'को निर्देशक, निर्माता तथा नायिका रेखा थापा स्वयं हुन्। यता केही सातापछि छायांकनमा जाने चलचित्र 'ए मेरो हजुर टु'को निर्देशन झरना थापाले गर्ने पक्का भएको छ। झरनाको होम प्रोडक्सनबाट निर्माण हुने उक्त चलचित्रमा झरना आफंै पनि मुख्य भूमिकामा देखिने छिन्।
प्रकाशित :असार १३, २०७१
















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्