Teej banner
चलचित्र: मिसन ४२०

चलचित्र: मिसन ४२०

असार ६, २०७१

निर्देशक: दयाराम दाहाल

संगीत: ताराप्रकाश लिम्बु

कलाकार: सुमन सिंह, सुनील थापा, राजाराम पौडेल, रवीन्द्र खड्का, निर्मल शर्मा महिमा सिलवाल आदि।

दुर्गम स्थान वा गाउँतिर अशिक्षित युवती तथा महिलाहरूमाथि हुने बलात्कार तथा यौन शोषणका घटनाभन्दा सहरमा शिक्षित महिलाहरूमाथि कामको प्रलोभनमा हुने यौनजन्य क्रियाकलाप बढ्दो छ भन्ने विषयमा आधारित चलचित्र 'मिसन ४२०' आज शुक्रबार प्रदर्शनमा आउँदैछ। दयाराम दाहालद्वारा निर्देशित गरेको यो चलचित्र कुमार विष्टले निर्माण गरेका हुन्। चलचित्रमा यौनशोषणमा परेका शिक्षित तीन जना नायिकाले प्रहरीसँग मिलेर सहरका प्रतिष्ठित यौन शोषकहरूको भण्डाफोर गरेको कथा छ। चलचित्रमा तीन जना नायिकाले मिसनका रूपमा शोषकहरूको भण्डाफोर गर्ने क्रममा आफूलाई उत्तेजक रूपमा प्रस्तुत गरेका छन्। चलचित्रका निर्माता कुमार विष्टका अनुसार यौनशोषणको विषय भए पनि चलचित्रमा छाडा दृश्य भने छैनन्। कलाकारहरूको लामै लर्को रहेको यो चलचित्रमा श्याम राई, ओम प्रतीक, पवन जोशी, कृष्टि पौडेल आदि कलाकार पनि छन्। यो चलचित्रलाई श्याम रायमाझीले खिचेका हुन् भने यसमा कुमार विष्टको कथा, ओमप्रतीकको पटकथा- संवाद, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा कविराज गहतराजको नृत्य निर्देशन छ।

प्रकाशित :असार ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्