महिला हेलिकप्टर पाइलटको खुसी

महिला हेलिकप्टर पाइलटको खुसी

- युवराज गौतम

असार ६, २०७१

स्कुले जीवनमा विद्यार्थीले भविष्यमा केे बन्ने भनेर किसिम-किसिम भविष्यवाणी गर्छन्। ललितपुरकी पि्रया अधिकारी (२७) ले भने त्यस्तो भविष्यवाणी गरिनन्। मध्यमवर्गीय परिवारमा जन्मिएकी पि्रयाले पूर्वयोजनाबिना सोच्दै नसोचेको क्षेत्रमा प्रवेश गर्नुपर्‍यो। माछापुच्छ्रे इन्टरनेसनल स्कुल, सातदोबाटोबाट प्रथम श्रेणीमा प्रवेशिका उत्तीर्ण गरेकी पि्रया सानैदेखि चञ्चले र हिम्मतीली थिइन्। परिवारमा खासै दुःख थिएन। बाल्यकाल सुखसयलमै बित्यो। पाँच दिदीबहिनीमध्ये साहिँली पि्रया यतिबेला साहसिलो काममा छिन्। पि्रया भन्छिन्- 'महिलाहरूले यो काम गर्नै सक्दैनन् भन्ने सोच परिवर्तन गर्न सफल भएकी छु।'

भन्न त नेपाली आकाश सुरक्षित छैन भनिन्छ, तर पि्रयालाई नेपाली आकाश नै पि्रय र सुरक्षित लाग्छ। हिम्मत र रहरकै कारण उनी यतिबेला नेपालको पहिलो महिला हेलिकप्टर पाइलटका रूपमा दिनहुँ आकाशमा फन्को लगाउँछिन्। प्लस टु सकेर बायोटेक्निकलमा भर्ना हुन लागिरहेका बेला उनले पत्रिकामा एयर होस्टेज तालिमको आवेदन खुलेको पाइन्। त्यही आवेदनका आधारमा उनले एयर होस्टेजको तालिम सुरु गरिन्। उनी तालिम लिएताका नै पहिलो पटक हवाई जहाज चढेकी थिइन्। त्यही बेला उनमा उत्साह जाग्यो। मेहनत गरें भने त म पनि सहजै हवाई जहाज उढाउन सक्छु जस्तो लाग्यो', पि्रयाले भनिन्।

एयर होस्टेजको तालिम लिँदालिँदै उनलाई बुद्ध एयरमा रोजगारीको अवसर मिल्यो। बुद्ध एयरमा एयर होस्टेजको काम गर्दागर्दै उनमा पाइलट बन्ने सोच आयो। डायनेस्टि एयरका एक जना पाइलटले विदेशमा गएर विमान चालकसम्बन्धी अध्ययन गर्न सल्लाह दिए।

'किन क्याबिनमा मात्र बस्ने, अब ककपिटमा पनि बसेर जहाज उडाउनुपर्छ भन्ने हिम्मत आयो,' पि्रयाले भनिन्- 'पाँच वर्ष निरन्तर एयर होस्टेजको काम गरेपछि म विमान चालकसम्बन्धी अध्ययन गर्न फिलिपिन्स उडे।' विमान चालक कोर्स सकेर नेपाल फिर्नासाथ उनलाई एयर डाइनेस्टिमा रोजगारी मिल्यो। त्यो पनि ठूलो जहाजमा होइन, हेलिकप्टर चालक बनेर उनी नेपाली गाउँहरूमा पुग्न थालिन्।

नेपालमा महिला हेलिकप्टर पाइलटको संख्या औंलामा गन्न सकिन्छ। व्यावसायिक रूपमा उनी एक्लो महिला हेलिकप्टर पाइलट हुन्। बिहान ६ बजे घरबाट स्कुटरमा हुइँकिएकी पि्रया क्षणभरमै आकाशमा उडिरहेकी हुन्छिन्। 'मेरो कुनै नियमित सेड्युल छैन, क्षणभरमा काठमाडौं, क्षणभरमै खोटाङ अनि रुकुम-रोल्पाका गाउँहरू पुग्नुपर्छ,' पि्रयाले आफ्नो व्यस्तता सुनाइन्। हेलिकप्टर उडाएर पुगेका मध्ये उनलाई धेरै मन परेको ठाउँ सिमिकोट हो। 'एयरपोर्ट टु एयरपोर्ट फ्लाइट नहुने भएकाले धेरै गाउँको भ्रमण गर्न पाइन्छ अनि रमाइला ठाउँहरू देख्न पाइन्छ।' उनले हेलिकप्टर पाइलट हुँदाको फाइदा पनि भनिन्।

  धेरैले हेलिकप्टर पाइलट रुचाउँदैनन्। फिस्टेल एयरमा एक जना पाइलट अनुस्का उदास थिइन्, तर उनी पेसा छाडेर बिदेसिइन्। अधिकांशले ठूला एयरवेजमा मात्र जागिरका लागि आवेदन दिन्छन्। 'हेलिकप्टरका बारेमा नबुझेर होला,' पि्रयाले भनिन्- 'म यसमै खुसी छु।' नेपालमा हवाई दुर्घटना बढ्नुको कारणका सम्बन्धमा पि्रयाको फरक विचार छ। 'सबै कुरा पाइलटमा निर्भर रहन्छ,' हवाई दुर्घटना बढ्नुको कारण स्पष्ट गर्दै उनले भनिन्- 'म ककपिटमा बसिसकेपछि आत्मविश्वासी र जिम्मेवार रूपमा प्रस्तुत हुन्छु अनि आफ्नो नियम पालना गर्छु।'

हेलिकप्टर उडाएर गाउँ पुग्दा पि्रयाले धेरै दुःखी र गरिबहरूसँग भेट्ने मौका पाइन्। कतिपय मानिसको अवस्था देखेर उनको आँखा रसाएका छन्। 'कतिपय अप्ठ्यारा स्थानमा अवतरण गरेर बिरामीको उद्धार गर्नुपर्छ, त्यतिबेला गाउँलेहरू खुबै खुसी हुन्छन्,' उनले भनिन। पाइलट पहिरनमै भेटिएकी पि्रयालाई मेकअपमा खासै रुचि छैन। अफिसको कामले उनलाई त्यति फुर्सद पनि हुँदैन। बिहान ६ बजे घरबाट निस्किएपछि बेलुकी ८ बजे मात्र र्फकन्छिन् भने फुर्सदमा कोर्सका पुस्तक पढ्छिन् बेलामौका नेपाली चलचित्र हेरेर रमाउँछिन्। राजनीतिका सम्बन्धमा उनलाई खासै जानकारी छैन। नेपालमा ठूलो राजनीतिक परिवर्तन आए पनि संविधान निर्माण हुन नसकेकोमा उनलाई दुःख लागेको छ। हँसिलो स्वभावकी पि्रयाको परिवारमा पाँच दिदीबहिनीमध्ये जेठी दिदी शिक्षण पेसामा छिन्। माहिली स्नातकोत्तरकी विद्यार्थी हुन् भने बहिनी अस्ट्रेलियामा सिभिल इन्जिनियरिङ पढिरहेकी छिन्। पि्रया हेलिकप्टर पाइलट बनेकोमा उनको परिवारका सदस्यहरू खुबै खुसी छन्। आम्दानीका बारेमा खुल्न नचाहेकी पि्रयाले मेहनतअनुसार आम्दानी पनि राम्रो भएको बताइन्।

प्रकाशित :असार ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्