बी बोइङ ब्याटल

बी बोइङ ब्याटल

जेष्ठ ३०, २०७१

पाँचौं राष्ट्रिय बी बोइङ ब्याटलको फाइनलमा पोखराको  गण्डकी क्यु्र प्रथम भएको छ। गण्डकी क्य्रुले पुरस्कारबापत  नगद १५ हजार रुपैयाँसहित च्याम्पियन ट्रफी हात पारेको छ।  प्रतियोगितामा ६ वटा क्रिउले सहभागिता जनाएका थिए। ती  मध्ये आयोजक धरानको द पेस र पोखराको गण्डकी क्य्रु प्वाइन्टका आधारमा क्रमशः पहिलो र दोस्रो हुँदै सेमीफाइनलमा प्रवेश गरेका थिए। अन्य ४ वटा क्य्रु सुपरनोभा, इन्भर्स सिद्धार्थ र बी लिंकबीच पुनः ब्याटल भएको थियो। सेमिफाइनलमा गण्डकी क्य्रुले धरानको सिद्धार्थ क्य्रुलाई हराउँदै फाइनलमा प्रवेश पाएको थियो। त्यसैगरी आयोजक द पेस तरहराको सुपरनोभालाई हराउँदै फाइनल पुगेको थियो।  प्रतियोगितामा वातावरण जोगाउन प्लास्टिक झोलाको प्रयोग हटाऊँ भन्ने सन्देश पनि प्रवाह गरिएको थियो। धरानको अग्रणी बी बोइङ क्रिउ द पेस युनियनले हरेक वर्ष ब्याटल आयोजित गर्दै आएको छ।

प्रकाशित :जेष्ठ ३०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्