विजय बने सगरमाथा डान्स स्टार

विजय बने सगरमाथा डान्स स्टार

- ऋषि राई

जेष्ठ २३, २०७१

प्रथम सगरमाथा डान्स स्टारको उपाधि कटारी, उदयपुरका विजय दनुवारले हात पारेका छन्। गत शुक्रबार सोलुखुम्बुको सल्लेरीमा सम्पन्न अञ्चलस्तरीय डान्स प्रतियोगिताको उपाधि जित्दै दनुवारले नगद १ लाख ५ हजार रुपैयाँका साथमा ट्रफी एवं प्रमाणपत्र पनि हात पारे।

त्यसैगरी सोलुखुम्बु सल्लेरीकी सारिका तामाङले दोस्रो हुँदै नगद ५५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र हात पारिन् भने लुक्लाकी अनुसा राईले तृतीय हुँदै नगद ३० हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। उपाधिसँगै दनुवारले स्थानीय डीबी रानामगरको प्रायोजनमा भारतमा तीनमहिने नृत्य प्रशिक्षण गर्ने अवसर पनि प्राप्त गरेका छन्।

 

प्रकाशित :जेष्ठ २३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्