सबनमलाई ब्युटिसियन आइकन

सबनमलाई ब्युटिसियन आइकन

जेष्ठ १६, २०७१

सौन्दर्य व्यवसायीहरूको संगठन एबीसी ह्यान्ड्सले आयोजना गरेको 'ब्युटिसियन आइकन' को तेस्रो संस्करण गत शनिबार सम्पन्न भएको छ। १९ जना सौन्दर्य व्यवसायीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा सबनम वानो 'ब्युटीसियन आइकन-२०१४' चुनिएकी छिन्। सबनमले मुख्य उपाधिसहित बेस्ट ड्रेस विधाको एवार्ड पनि प्राप्त गरेकी थिइन्। प्रतियोगितामा बिनु अधिकारी सेकेन्ड रनर्सअप तथा दीपा कार्की फस्ट रनर्सअप घोषित भए। दीपाले बेस्ट वाकको उपाधि पनि जितिन्।

गायक रामकृष्ण ढकालले संगीमय बनाएको उक्त प्रतियोगितामा गायक ढकालसहित चलचित्रकर्मी नवल खड्का तथा सञ्चारकर्मी सिर्जना दुवाल निणर्ायक थिए। परिचयात्मक, बेस्ट ड्रेस, मौखिक तथा लिखित प्रश्नोत्तर चरण हुँदै अन्तत: विजेता चयन गरेर टुंगिएको उक्त प्रतियोगितामा टिना बज्राचार्यले डिसिप्लिन, सुमी कार्कीले स्किन, सरु राचलले फ्रेन्ड्ली, शर्मिला कोइरालाले ट्यालेन्ट, सुमी खनालले पर्सनालिटी, निशा थापाले फोटोजेनिक, सोनी बस्नेतले स्माइल तथा बिमला तुलाधरले बेस्ट हेयरको एवार्ड जितेका थिए।

प्रकाशित :जेष्ठ १६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्