लागूपदार्थविरुद्ध म्युजिक फियस्टा
जेष्ठ १६, २०७१
फोर्थ डाइमेन्सनको आयोजनामा धरानमा दसदिने म्युजिक फियस्टा प्रारम्भ भएको छ। जेठ १२ देखि २२ गतेसम्म चल्ने यो म्युजिक फियस्टा गीत-संगीतको माध्यमबाट लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतना जगाउने उद्देश्यले सञ्चालन गरिएको हो। कार्यक्रममा खेलकुद तथा मनोरञ्जनसँग सम्बन्धित स्टलहरू राखिएका छन्। कार्यक्रमस्थलमा से नो टु ड््रसजस्ता नारा दिँदै दुव्र्यसनमा नफस्न निरन्तर आग्रह भैरहेको छ। उक्त कार्यक्रममा स्थानीय कलाकारले आ-आफ्नो विधामार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिरहेका छन्।
कार्यक्रममा खुला गायन एवं विद्यालयस्तरीय नृत्य प्रतियोगितासमेत भैरहेको छ। लागूऔषधको दुव्र्यसनबाट मुक्त हुन चाहने तर खुलेर परामर्शमा आउन नसक्ने तथा महिला दुव्र्यसनीहरूका लागि छुट्टै गोप्य बक्सको समेत व्यवस्था गरिएको छ। ती बक्समा उनीहरूले समस्या लेखेर दिन सक्ने र त्यसमा विशेषज्ञबाट परामर्श प्रदान गरिने व्यवस्थासमेत मिलाइएको छ।
प्रकाशित :जेष्ठ १६, २०७१



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्