मिस इन्टरनेसनल नेपाललाई भ्याइनभ्याइ

मिस इन्टरनेसनल नेपाललाई भ्याइनभ्याइ

जेष्ठ १६, २०७१

मिस नेपाल इन्टरनेसनल भएपछि सोनी राजभण्डारी पोखरामा व्यस्त छिन्। पोखराको गौरव बढाएको भन्दै यहाँका विभिन्न संघसंस्थाले उनलाई विभिन्न कार्यक्रम गरी सम्मान गरेका छन्। यतिबेला उनी दिनहुँ सम्मान थाप्ने र पोखरेलीहरूसँग भलाकुसारी गरेर दिन कटाइरहेकी छिन्। उनको सम्मानका लागि दैनिकजसो आधा दर्जन कार्यक्रम हुँदै आएका छन्।

'हाम्रो गरिमा बढाएकी छिन्,' सम्मान कार्यक्रमकी एक आयोजक वरिष्ठ ब्युटिसियन चिनु गुरुङले भनिन्- 'उनलाई सम्मान गर्न पाउनु हामी पोखरेलीका लागि गर्वको कुरा हो।' ५ फिट ५ इन्च अग्ली सोनीमा  विश्वसुन्दरीलगायतका सौन्दर्य प्रतियोगिता हेर्दै गएपछि मिस नेपालमा सहभागी हुने चाहना बढेको थियो। यस पटक त्यो चाहना पूरा भयो र उनले राम्रो टाइटल पनि जितिन्। सोनीले जापानमा हुने मिस इन्टरनेसलमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

प्रकाशित :जेष्ठ १६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्