कोरियोग्राफर बन्ने लक्ष्य

कोरियोग्राफर बन्ने लक्ष्य

जेष्ठ १६, २०७१

मोडलिङमा भविष्य खोजिरहेकी छिन् काठमाडौं न्युरोड निवासी स्मारिका श्रेष्ठ। सानै उमेरदेखि यो क्षेत्रबाट आकषिर्त श्रेष्ठलाई घरपरिवारबाट पनि राम्रै साथ र सहयोग छ। उनले हालसम्म आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् भनेे प्रदर्शनको क्रममा रहेको चलचित्र ठूलो मान्छेको टाइटल गीतमा अभिनय गर्न पनि भ्याइसकेकी छिन्। कलाकारितामै व्यस्त भएका कारण इस्मारिकाले औपचारिक शिक्षा भने एसएलसीसम्म मात्र पूरा गरिन्। युनाइटेड मल्टी आर्टमा  प्रसान्त तामाङसँग नृन्यका विभिन्न विधा सिकिरहेकी  स्मारिका भविष्यमा एक सफल कोरियोग्राफर बन्न चाहन्छिन्।

 ५ फुट ३ इन्च अग्ली  श्रेष्ठका अनुसार उनलाई अन्य मोडलहरूजस्तो नायिका नै बन्ने कुनै इच्छा छैन। उनको चाहना राम्रा म्युजिक भिडियोमा अभिनय गर्न अनि कोरियोग्राफर बनेर आफूलाई चिनाउनु मात्र हो। विवाहलाई सहयात्रा गर्ने प्रतिबद्धताका रूपमा चित्रण गर्ने स्मारिका आफू हालसम्म कसैसँग प्रेममा नपरेको बताउँछिन्।

 - किशोर श्रेष्ठ

प्रकाशित :जेष्ठ १६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्