मिस्टर नेपालको तयारी

मिस्टर नेपालको तयारी

जेष्ठ ९, २०७१

एक्सपोज नेपाल डटकमले 'मिस्टर नेपाल-२०१४' को आयोजना गर्ने घोषणा गरेको छ। असारको अन्तिम साता काठमाडौंमा हुने यसपटकको मिस्टर नेपालमा ३० जना युवाले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा ५ फिट ६ इन्चभन्दा अग्ला तथा प्लस टु उत्तीर्ण युवाहरूले सहभागिता जनाइरहेका छन्।

प्रतियोगिताका लागि गत साता सम्पन्न अडिसनबाट १५ जना छनौट गरिएको कोरियोग्राफर चाँदनी लामिछानेले बताएकी छिन्। १८ देखि ३० वर्षसम्मका युवाहरूले प्रतिस्पर्धा गर्ने यो प्रतियोगिताको प्रशिक्षण आगामी साता प्रारम्भ हुँदैछ। करिब डेढ महिनामा प्रतिस्पर्धी युवाहरूलाई क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ, ग्रुमिङजस्ता विषयमा प्रशिक्षण प्रदान गरिनेछ। प्रतिस्पर्धाका लागि सक्षम श्रेष्ठ, आकाश थापा मल्ल, संजोग पन्थी, सेज मानन्धर, सरोज सिंह, बेनिश भण्डारी, अमन श्रेष्ठ, रुपेश लामिछाने, प्रतीक ताम्राकार, अटल खुलाल, टोर्जन थापा, रविन कुमार तथा विश्वजित रिमाल छनौट भैसकेका छन्।

प्रकाशित :जेष्ठ ९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्