गौरीगाई

गौरीगाई

जेष्ठ २, २०७१

गौरीगाई झट्ट हेर्दा घरेलु गाईजस्तै देखिन्छ, तर यो अग्लो र गाढा खैरो-रातो रंगको हुन्छ। भित्री मधेस र चुरे पहाडको बाक्लो जंगल गौरीगाईको बासस्थान हो। यो १ सय ७५ सेन्टिमिटरजति अग्लो हुन्छ। प्राणीशास्त्री डा. मुकेशराज चालिसेले गरेको एक अध्ययनअनुसार कुनै-कुनै साँढे २ सय २० सेन्टिमिटरसम्म अग्ला हुन्छन्। गौरीगाईको शरीरमा छोटो र चिल्लो रौं हुन्छ। टाउकोमा पछाडि फर्किएका एक जोडी तिखा सिङ हुन्छन्। ती सिङ ८५ सेन्टिमिटरसम्मका हुन्छन्। यसको वजन ६ सयदेखि २ हजार किलोसम्म हुन्छ। आहारका रूपमा घाँसपात रुचाउने गौरीगाईको साँढे समागमका बेला ठूलो आवाजमा कराउँछ। समागमको समय सुरु भएपछि साँढे फनफनी घुम्छ र डुक्रन्छ। समागम नभएसम्म साँढेले गाईलाई लखेटिरहन्छ। पुसदेखि चैतसम्मको समयमा गौरीगाईले समागम गर्छ। यसले २ सय ७० दिन गर्भधारण गरेर एकपटकमा एउटा मात्र बाच्छा वा बाच्छी जन्माउँछ। हाल नेपालमा २ सयजति गौरीगाई भएको अनुमान छ। यसको अंग्रेजी नाम नबगच दष्कयल हो।

प्रकाशित :जेष्ठ २, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्