ब्राड पिटले छोरालाई दिए जस्टिनको पोटे्रट

जेष्ठ २, २०७१

हलिउड एक्टर ब्राड पिटले हालै आफ्ना १० वर्षीय छोरा प्याक्सलाई क्यानेडियन सिंगर जस्टिन बिबरको पोटे्रट गिफ्ट गरेका छन्। छोरा प्याक्स जस्टिनको जर्बजस्त फ्यान भएको बुझेका ब्राडले उनलाई जस्टिनको पोटे्रट गिफ्ट गर्नु नै ठूलो उपहार हुनसक्ने बुझेका थिए। जस्टिन बिबरको संगीत र उनको स्टाइल फलो गर्न रुचाउने प्याक्स पनि पिता ब्राडबाट पाएको उक्त अमूल्य उपहारबाट दंग छन्। उक्त पोटे्रट आफ्नै युनिक स्टाइलका लागि चिनिने आर्टिस्ट बाम्बी ग्राफिटीले सिर्जना गरेका हुन्। यसभन्दा अघि पनि ब्राडका लागि बाम्बीले तीनवटा पेन्टिङ बनाइसकेका छन्। पिटले छोरालाई दिएको गिफ्टलाई उनकी जीवनसाथी एन्जेलिना जोलीले पनि सर्वोत्कृष्ट उपहार भन्दै प्रशंसा गरेकी छिन्।

लेडी गागाको पहिरन लिलाम

हट सिंगर लेडी गागाले लगाएको एउटा पहिरन १५ हजार अमेरिकन डलरमा लिलाम भएको छ। १५ लाख रुपैयाँभन्दा बढीमा लिलाम भएको उक्त पहिरनलाई गागाले हार्पस बजार म्यागजिनको मार्च अंकको कभर फोटोसुटका क्रममा लगाएकी थिइन्। उक्त आकर्षक पहिरनले आफूलाई नयाँ लुक दिएको गागाले बताएकी थिइन्। अमेरिकन पप सिंगर गागाकोे उक्त पहिरन खास किसिमले तयार पारिएको थियो। यो पहिरनका चार पिस विशेष किसिमले तयार गरिएको थियो, जसमध्ये एउटा गागाले लगाएकी थिइन्। आफ्नो सौन्दर्य बढाउन उक्त पहिरनको विशेष भूमिका रहेको बताउँदै गागाले अत्यधिक मन परेकै कारण फोटोसुटका क्रममा त्यही पहिरन छनौट गरेकी थिइन्।

प्रकाशित :जेष्ठ २, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्