Teej banner
ब्राजिललाई गार्‍हो

ब्राजिललाई गार्‍हो

वैशाख १९, २०७१

ब्राजिलका पुराना स्टार रोनाल्डाको मुख छुच्चो छ, त्यसैले उनको विश्लेषण छ— आफ्नै देशमा सञ्चालन हुने विश्वकपमा ब्राजिलको सम्भावना कम छ। सन् २०१४ को विश्वकप सुरु हुन अब एक महिनाभन्दा केही बढी समय मात्र बाँकी छ र अहिले तत्कालको परिस्थिति हेरेर रानाल्डोले यो निचोड निकालेका हुन्। रोनाल्डोका अनुसार अहिले ब्राजिलका लागि सबैभन्दा ठूलो चुनौती हो— मैदानबाहिर देशको स्थिति।

अहिले ब्राजिलमा प्रत्येक दिन कुनै न कुनै प्रदर्शन चलिरहेको हुन्छ। ब्राजिलीयनहरूको सबैभन्दा ठूलो गुनासो छ— विश्वकपको आयोजनाले त्यहाँका जनतामाथि प्रत्यक्ष भार पारेको छ, जसले गर्दा सबै सामग्रीको मूल्य अकासिएको छ। मैदानबाहिरको स्थिति नराम्राे भएपछि मैदानभित्र मात्र कसरी राम्रो हुन सक्छ ?

रोनाल्डोको यो भनाइमा सहमत हुँदै अगाडि आएका छन्, ब्राजिलकै प्रशिक्षक लुइस फिलिपे स्कोलारी। उनको पनि भनाइ छ, लगातारको प्रदर्शनले ब्र्राजिलीयन टिमको तयारीमा नकारात्मक प्रभाव परिरहेको छ। लुइसका अनुसार यो स्थिति टिमको तयारीका लागि वास्तवमै उपयुक्त होइन। 'प्रदर्शन गर्नु जनताको अधिकार हो, मलाई चिन्ता यसको समयलाई लिएर मात्र हो,' स्कोलारीले भनेका छन्।

गत वर्ष पूरा ब्राजिल लगातारको हिंसात्मक प्रदर्शनमै अल्झिएको थियो। ब्राजिलले यसपल्टको विश्वकप मात्र आयोजित गरिरहेको छैन, सन् २०१६ को ओलम्पिक पनि सञ्चालन गर्दैछ। यी दुई ठूला प्रतियोगिताको आयोजना खर्च जुटाउन सरकारले यातायातदेखि स्वास्थ्यसेवासम्मको मूल्य बढाएको छ र यो नै ब्राजिलीयनहरूको आक्रोशको कारण हो।

प्रकाशित :वैशाख १९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्