
खाँदिन भन्दै खाए
वैशाख १९, २०७१
अफ्रिकाको जंगलमा मुफाला नामक फल पाइन्छ । स्थानीय व्यक्तिहरूले मदिरा बनाउन प्रयोग गर्ने यो फल पाकेको अवस्थामा खाँदा मात लाग्छ । यो फलप्रति मानिस र जनावरहरू उत्तिकै आकषिर्त हुन्छन् । सिन्गिता क्रुगर निकुञ्जमा रहेका हात्ती र तिनका छावाहरूले फल खाएपछि मातेको सुरमा के गरे भन्ने दृश्य जंगल गाइड रोज कुपरले आफ्नो क्यामेरामा कैद गरेका छन् ।
लिङ्ग जात्रा
सबै देशमा हुने जात्राका पछाडि आ-आफ्नै कथा एवं किंवदन्ती हुन्छन्। इतिहासको धरोहर मानिने कतिपय जात्रा अहिलेका युवा पुस्तालाई अनौठो पनि लाग्छ। जापानमा वाषिर्क रूपमा मनाइने लिङ्ग जात्रा पनि अनौठो खालको छ। जापानको कावासाकी सहरमा बसन्त ऋतुमा मनाइने लिङ्ग जात्राले अहिले अन्य मुलुकका पर्यटकलाई पनि आकषिर्त गर्न थालेको छ। १७ औं शताब्दीतिर प्रारम्भ भएको यो जात्रालाई कानामारा मात्सुरी भनिन्छ, जसको अर्थ फलामे लिङ्ग हो। उति बेला यौन व्यवसायमा लागेका महिलाहरू आफूलाई कुनै पनि किसिमको यौन रोग नसरोस् भनेर फलामको लिङ्ग भएको उक्तस्थानमा गएर प्रार्थना गर्थे। अहिले यो जात्रा यौन संक्रमण, यौन समस्या तथा यौन रोगका बारेमा प्रचार-प्रसार गर्ने एवं जनचेतना जगाउने माध्यम भएको छ।
पेस्तोल पनि कहाँ लुकाएको
अमेरिकाको टेनिसिमा एक युवती अनियन्त्रित रूपमा मोटर चलाएको अभियोगमा पक्राउ पर्दा उनको शरीरबाट रहस्यमय रूपमा पेस्तोल बरामद भयो। अनियन्त्रित रूपमा सवारी चलाएको अभियोगमा पक्राउ परेपछि १९ वर्षीया डालास आर्चरसँग प्रहरीले सोधपुछ र छानबिन गर्दा उनले आफ्नो यौनाङ्गभित्र केही वस्तु लुकाएको फेला पर्यो। प्रहरीले उनको यौनाङ्गबाट उक्त वस्तु निकाल्दा ४ इन्च लामो र ५ राउन्ड गोली जाने पेस्तोल फेला पारे। थप अनुसन्धान गर्दा उक्त पेस्तोल एक वर्षअघि एक वृद्धले हराएको पेस्तोल भएको प्रमाणित भयो। ती युवतीविरुद्ध गैरकानुनी हतियार बोकेको, चोरीको पेस्तोल बोकेको तथा अनियन्त्रित रूपमा सवारीसाधन चलाएको अभियोग लगाइएको छ।
प्रकाशित :वैशाख १९, २०७१















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्