जुनियर ब्याटल सम्पन्न

जुनियर ब्याटल सम्पन्न

वैशाख १२, २०७१

'जुनियर ब्याटल-२०१४' अन्तर्गत स्पर्षण दाहालले ब्याटल किङ तथा श्रद्धा बुढाथोकीले ब्याटल क्विनको उपाधि जितेका छन्। मिडिया ल्यान्डले राष्ट्रिय नाचघरमा आयोजना गरेको उक्त प्रतियोगितामा ऋषभ शाक्यले ब्याटल प्रिन्स तथा रीतु अवालेले ब्याटल प्रिन्सको उपाधि जिते। यो प्रतियोगितामा २५ विद्यालयका ५८ बालबालिकाले भाग लिएका थिए। प्रतियोगिताका क्रममा प्रवेशमान शाक्य, श्रुतिसिंह ठकुरी, प्रशंसा श्रेष्ठ आदि गायक-गायिकाले गीत-संगीत प्रस्तुत गरेका थिए। प्रतियोगितामा रनिङ ब्याटल, पेन्टिङ ब्याटल, हेन्डराइटिङ ब्याटल, पेन्टिङ ब्याटल, रेष्लिङ ब्याटल, इटिङ ब्याटल आदि विधामा प्रतिस्पर्धा गराइएको थियो।

प्रकाशित :वैशाख १२, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्