गोमन

गोमन

चैत्र २८, २०७०

गोमन विषालु सर्प हो। सपेराहरूले गोमनलाई मनोरञ्जनका लागि प्रयोग गरे पनि तराईका गाउँघरमा हरेक वर्ष यसको डसाइले धेरै मानिसको मृत्यु हुने गरेको छ। गोमन पृथ्वीको होचो भू-भाग देखि १ हजार ६ सय मिटर उचाइसम्म पाइन्छ। गोमनको विष, काँचुली, छाला र बोसो औषधी बनाउनसमेत प्रयोग गरिन्छ। अन्तराष्ट्रिय स्तरमा यसको व्यापार पनि हुन्छ। यसले बर्खायाममा फुल पार्छ र बच्चा कोरल्छ। यसले आहाराका रूपमा कीरा, फट्याग्रा, मुसा तथा भ्यागुता खान्छ। गोमनको कान हुँदैन, तर यसले जमिनको कम्पन भने थाहा पाउँछ।

 

प्रकाशित :चैत्र २८, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्