जिन्दगी रक्सको मुहूर्त

चैत्र २८, २०७०

निकेश खड्काले 'जिन्दगी रक्स' शीर्षकको चलचित्र निर्देशन गर्ने भएका छन्। भी प्रोडक्सनको ब्यानरमा सुजिता श्रेष्ठले निर्माण गर्ने यो चलचित्रमा केकी अधिकारी, ऋचा शर्मा, अकेशा विष्ट, सौरभराज तुलाधर, सोनाम पाखि्रन, निश्चल बस्नेत, शुभेच्छा खड्का, प्रकृति श्रेष्ठ आदिको मुख्य भूमिका रहनेछ।

रत्नपार्क पनि चलचित्र

सुवास जिसीले पहिलो पटक निर्देशन गर्ने चलचित्रको शीर्षक 'रत्नपार्क' राखेका छन्। वैशाख ४ गते शुभमुहूर्त गर्दै छायांकनमा जाने यो चलचित्रको निर्देशनमा जिसीलाई बिभु श्रेष्ठले पनि साथ दिँदैछन्।

मेरो बेस्ट फ्रेन्ड

 चलचित्र 'मेरो बेस्ट फ्रेन्ड' को प्रोमो तथा पोस्टर सार्वजनिक भएको छ। चलचित्रका दुई कलाकार केकी अधिकारी र बिमलेश अधिकारी उक्त प्रोमो तथा पोस्टरमा देखिएका छन्। वैशाख २६ गते सार्वजनिक हुने यो चलचित्रका निर्देशक प्रसन्न पौडेल हुन्।

अमेरिकामा भीमदत्त

नवल खड्काको चलचित्र 'भीमदत्त' को प्रिमियर अमेरिकामा सम्पन्न भएको छ। न्युयोर्कको सेन्टर सिनेमा हलमा रेड कार्पेटसहितको प्रिमियरमा कलाकार, व्यवसायी, समाजसेवी, अधिकारकर्मी एवं पत्रकारहरूको उपस्थिति रहेको निर्देशक हिमग्याप टासीले जानकारी दिएका छन्। डडेलधुराका किसान नेता भीमदत्त पन्तको जीवनमा आधारित यो चलचित्रमा नवल खड्का, सुमिना घिमिरे, निशा अधिकारी आदिले अभिनय गरेका छन्।

प्रकाशित :चैत्र २८, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्