दुरुस्त देखिने जुम्ल्याहा

दुरुस्त देखिने जुम्ल्याहा

चैत्र २१, २०७०

करिब एक मिनेटको अन्तरमा जन्मिएका जुम्ल्याहाको बीचमा धेरै समानता हुन्छ। अनुहार, आनीबानी, जागिर, कारदेखि फेसबुक एकाउन्टसम्म एउटै भएको देखिएको छ, तर अस्ट्रेलियाका जुम्ल्याहा दिदीबहिनी आना र ल्युसीलाई त्यतिमात्र  पर्याप्त भएन। उनीहरूले आफूहरूमा रहेको केही शारीरिक फरकपन हटाउन सर्जरी गराएका छन् र अब उनीहरूलाई छुटयाउन निकै मुस्किल भएको छ। उनीहरूले ओठको सर्जरी तथा स्तन इम्प्लान्ट गराएका छन् अनि आइब्रो समेत उस्तै बनाएका छन्। त्यसका लागि उनीहरूले २ लाख ४१ हजार अस्ट्रेलियन डलर खर्च गरेका थिए।

पश्चिमी अस्ट्रेलियाको पर्थमा बस्ने यी जुम्ल्याहा दिदीबहिनी अधिकांश समय एकसाथ हुन्छन्। उनीहरू आमासँग बस्छन्। उनीहरूका प्रेमी एउटै छन्। आना भन्छिन्, 'हामी अहिले एकै केटासँग डेटमा छौं। हामी सेयरिङमा छौं।' ल्यूसी भन्छिन्, 'यसले हामीमा कुनै समस्या छैन। हामी बेड सेयर गछौं। शारीरिक सम्बन्ध राख्दा पनि हामी तीनै जना सँगै हुन्छौं।' १२ वर्षको हुँदा उनीहरूले हेयर स्टाइल फरक-फरक गरेका थिए, तर त्यो धेरै दिन टिकेन। त्यसयता उनीहरूका हरेक कुरा उस्तै छन, जसलाई उनीहरू जीवनभर बदल्न चाहँदैनन्।

प्रकाशित :चैत्र २१, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्