Teej banner
सांस्कृतिक साँझमा रमाइलो

सांस्कृतिक साँझमा रमाइलो

- टोपराज शर्मा

चैत्र १४, २०७०

बुटवलका मनोरञ्जन पारखीहरूले गत सोमबार साँझ एक दर्जनभन्दा बढी कलाकारको प्रस्तुतिमा रमाउने अवसर पाए। व्यापार संघको हलमा सम्पन्न 'विविध सांस्कृतिक साँझ' मा जनवादी गायक जीवन शर्माले 'हामी सबै नेपाली', 'कोही साथी अरबको खाडी', 'झरनाको चिसो पानी' र 'सिमली छायाँमा' गाएर दर्शकको मन जिते। गायिका रजिना रिमालले चलचित्रका गीत गाएर सहभागीहरूलाई तताइन्। हास्यकलाकार एवं प्यारोडी गायक राजाराजेन्द्र पोखरेलले समसामयिक विषय, कलाकारहरूको शैली एवं गीतहरूप्रति तीखो व्यंग्यसँगै प्रमुख दलका शीर्ष नेताहरूको क्यारिकेचर गरेर दर्शकहरूलाई हँसाए। लायन्स क्लब अफ भृकुटी टाउनद्वारा आयोजित कार्यक्रममा लोकदोहोरी गायकहरू वैकुण्ठ महत, सपना गाहा, सीता राना, दीपक गरौजा, अनुराधा घर्ती, वसन्त लम्साल तथा विधान कार्कीले दोहोरी गाएर सबैलाई नचाए।

 

प्रकाशित :चैत्र १४, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्