धनकुटामा हुर्रा सम्पन्न

धनकुटामा हुर्रा सम्पन्न

चैत्र १४, २०७०

कार्यक्रममा सहभागी अतिथिहरूलाई समेत कलाकारहरूले हुर्रा ननाची धर दिएनन्।  धनकुटाको डाँडाबजारमा गाविसलाई खुला दिसामुक्त घोषणा गर्ने अवसर पारेर आयोजित सांस्कृतिक कार्यक्रममा उपस्थित सबैलाई मगर समुदायका तरुनी-तन्नेरीहरूले नचाएका थिए। कलाकारहरूले हात समातेर मच्चीमच्ची नचाएपछि अतिथि तथा दर्शकहरू पनि के कम, धक फुकाएर उफ्री-उफ्री नाच्च थालिहाले। सबै दर्शक तथा अतिथिहरू नाच्न थालेपछि डाँडाबजार नै एकछिन हुर्रा नाचमय बन्न पुग्यो।

 हुर्रा नाच तथा गीतका अतिरिक्त अन्य सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको कार्यक्रममा मादलको तालमा गीत गाउर्दै मगर समुदायका युवा-युवतीहरूले सबैलाई भरमग्दुर आनन्द प्रदान गरे। मगरजातिको पोसाकका सजिएका तरुनी तन्नेरीहरूसँग मगरजातिकै पोसाक लगाएर स्थानीय बासिन्दाहरूसमेत हुर्रा नाच्दै आनन्द लिन पछि परेनन्। गाउँमा आउने विदेशी तथा स्वदेशी पर्यटकको स्वागत, सम्मान एवं मनारेञ्जनका लागि स्थानीय मगरहरूले सामूहिक हुर्रा नाच देखाउने चलन छ।

प्रकाशित :चैत्र १४, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्