मारुनी नाच

मारुनी नाच

चैत्र ७, २०७०

पुरुषलाई महिलाको भेषमा सजाएर पौराणिक कथाहरूमा आधारित गीतहरूका साथ मादलको तालमा नाचिने मारुनी नाच लोपोन्मुख अवस्थामा छ। नेपालका मगर, गुरुङ, तामाङ तथा लिम्बू जातिको मुख्य सांस्कृतिक नृत्य भएपनि मारुनी नाचलाई अरू जातिले पनि अपनाएका छन्। मारुनी नाचमा दुई जना मारुनी, दुईदेखि तीन जना मादले, एक जना पुरसिंगे र ६ जनादेखि १० जनासम्म गायक हुन्छन्। गायकहरूमा एक जना गुरु हुन्छन्, जसलाई मारुनी नाचका बारेमा सबै जानकारी हुन्छ।

मारुनी नाचको मुख्य पात्र पुरुषलाई सिंगार-पटार गरी महिलाको कपडा एवं गहनाहरू लगाइदिएर मारुनी बनाइन्छ। मारुनीहरू मादलेको अघि-पछि घुमेर नाच्छन्। नाचको पूरा अवधिसम्म एउटै मारुनीले मात्र नाच्छन्। पुरसिंगेले महिलाको कपडा लगाएको हुँदैन। यदि मारुनी नाचमा तीन जना मादले छन् अथवा एक जना मात्र मारुनी छ भने त्यहाँ पुरसिंगेलाई एक जना मादलेसँग नाच्ने जिम्मा दिइन्छ। पुरसिंगेहरू एकपछि अर्को गर्दै नाच्न सक्छन्। मादलेहरू कम्मरमा मादल भिरेर मारुनीसँगै नाच्छन्।

प्रकाशित :चैत्र ७, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्