
लिवाङमा सांस्कृतिक उत्सव
चैत्र ७, २०७०
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका सङ्गीत विभाग, लोक सङ्गीत विभाग र नृत्य विभागको संयुक्त आयोजना एवं राप्ती साहित्य परिषद् जिल्ला शाखा, रोल्पाको स्थानीय संयोजन तथा सहकार्यमा रोल्पाको लिवाङमा २०७० फागुन ३० र चैत १ गते दुईदिवसीय विचार गोष्ठी तथा अन्तर्क्रिया, सांस्कृतिक उत्सव एवं कला साधक सम्मान सम्पन्न भएको छ।
पहिलो दिनको गोष्ठी तथा अन्तर्क्रिया कार्यक्रममा 'रोल्पा जिल्लाका प्रचलित लोक गीत, लोक नृत्य र लोक बाजा' विषयक कार्यपत्र संस्कृतिकर्मी डीबी टुहुरोले प्रस्तुत गरेका थिए।
दोस्रो दिनको सांस्कृतिक उत्सव एवम् कला साधक सम्मानमा मगर समुदायको ज्यामारे गीत, कथौती गीत, सोरठी नृत्य एवं दलित समुदायको पञ्चैबाजासहित विभिन्न नृत्य तथा गीत प्रस्तुत गरिएका थिए। उक्त कार्यक्रममा कुलानन्द गिरी, पवित्रा घर्ती एवं उदिराम खडकालाई जनही १० हजार रुपैयाँको पुरस्कारसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो। यसैगरी समाजमा विशिष्ट योगदान पुर्याएका १५ जनालाई प्रतिष्ठानको प्रतीक चिन्ह प्रदान गरिएको थियो।
प्रकाशित :चैत्र ७, २०७०



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्