
विरही एकल साँझ
चैत्र ७, २०७०
नेपाली लोकगायनमा छुट्टै पहिचान बनाएका गायक विरही कार्कीले एकल साँझ कार्यक्रममार्फत चेपाङ समुदायलाई सहयोग गरेका छन्। अघिल्लो साता प्रज्ञाभवनमा सम्पन्न एकल साँझमा विरहीले 'आमा तिमीले लगाएको चुरा फुट्दा' गीत गाउँदा दर्शकका आँखा रसाएका थिए। कार्यक्रममा कार्कीले करिब एक दर्जन गीत प्रस्तुत गरेका थिए। विरहीलाई नृत्य निर्देशक निर्देशक शंकर बीसी, मोडल पार्वती राई, नारायण ढकाल आदि कलाकारले विभिन्न प्रस्तुतिमा साथ दिएका थिए। दोहारी गायनमा भने विरहीलाई गायिकाद्वय मुना थापा मगर तथा जुना श्रीषले सघाएका थिए।
प्रकाशित :चैत्र ७, २०७०
















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्