Teej banner
कला साधनामा व्यस्त अनु

कला साधनामा व्यस्त अनु

- सन्जु राई

चैत्र ७, २०७०

नृत्य र अभिनय गर्न भने पछि मरिमेट्ने भोजपुर होम्ताङमा जन्मिई हाल धरानमा बसोबास गर्दै आएकी अनु राई यतिबेला कला साधनामै व्यस्त छिन्। पढ्ने बाहेक अरू समय कलाकारितामा खर्चिन मन पराउने अनु अहिले बिहान, बेलुका गरिमा डान्स सेन्टर, धरानमा नृत्य सिक्छिन्। अनुको झुकाव मोडलिङप्रति पनि छ। सानैदेखि सफल व्यावसायिक कलाकार बन्ने उद्देश्य बोकेकी १७ वषर्ीया अनु आफूलाई सक्षम कलाकार बनाउन बेलाबेलामा विभिन्न प्रकारका आधारभूत ज्ञान लिन पनि पछि पर्दिनन्। अनु भन्छिन्- 'कला मेरो रुचिको क्षेत्र भएकाले समयले साथ दिए यही क्षेत्रमा करियर बनाउने सोच छ।' फुर्सदमा नाच्ने, गाउने अनि पुस्तक, पत्र-पत्रिका पढ्ने अनुलाई वास्तविकतामा आधारित पुस्तक बढी मन पर्छन्।

प्रकाशित :चैत्र ७, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्