पोखरामा रेस्लिङको रौनक

पोखरामा रेस्लिङको रौनक

फाल्गुन ३०, २०७०

पोखरा प्रदर्शनी केन्द्रको खुला मैदानमा शनिबार अपरान्ह बेग्लै रौनक देखिन्थ्यो। विभिन्न सांगीतिक कार्यक्रमले रन्किने मैदान यसपालि भने रेस्लिङका कारण घन्किन पुग्यो। टन्टलापुर घामको समेत पर्वाह नगरी दर्शकहरू रेस्लिङ मैदानमा घण्टौं अघि नै भेला भैसकेका थिए। निर्धारित समयभन्दा एक घण्टा ढिलो खेल सुरु भए पनि दर्शक व्यग्र प्रतीक्षामा देखिन्थे। खेल हेर्न बसेका दर्शकहरू हुटिङ गर्दै रेस्लरलाई हौसाई रहेका थिए। रोमाञ्चकारी ढंगले सुरु भएको खेलमा रेस्लरहरूको भीडन्त हेर्न लायकको देखिन्थ्यो।

रोट्रयाक क्लब अफ पोखराको स्थानीय संयोजनमा सम्पन्न उक्त प्रतियोगिता इटहरी, नारायणगढ हुँदै अन्तिम कार्यक्रमका रूपमा प्रस्तुत भएको हो। प्रतिस्पर्धात्मक खेल सुरुदेखि अन्तसम्मै भीडन्तमय रह्यो। २ सय शुल्क तिरेर रेस्लिङ हेर्न आएका दर्शकले तीन घण्टा अवधि बितेको पत्तै नभएको प्रतिक्रिया दिए। पाँच चरणमा सञ्चालित खेलमा उपाधिका लागि म्याक्स र अजिंगरको भीडन्त निकै रोचक थियो। खेलमा म्याम्सलाई पछाडि पार्दै अजिंगर च्याम्पियन घोषित भए। प्रतियोगितामा महिला रेस्लर सुनिता थापा घाइते भएकाले खेलमा सहभागी हुन सकिनन्। भिडन्तमा म्याक्स बी, अजिंगर, मिस्टर कोजु, मिस्टर यति, लिर्जाड किङ, बारिया आदि १५ जना रेस्लरको सहभागिता थियो।

प्रकाशित :फाल्गुन ३०, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्