
हरिण
फाल्गुन २३, २०७०
हरिण स्तनधारी प्राणी हो। यो घना जंगल भएको घाँसे मैदानमा पाइने शाहाकारी जनावर हो। हरिण नेपालका तराई क्षेत्रमा रहेका निकुञ्ज, आरक्ष तथा अन्य संरक्षित क्षेत्रमा पाइन्छ। हरिणका विभिन्न आकार, रंग र रूप हुन्छन्। चित्तल, बार्हसिंगे यसका प्रजाति हुन्। यसका सबै प्रजातिका भालेको सिङ हुन्छ। यो तीव्र गतिमा दौडन सक्ने प्राणी हो। हरिणका भाले-पोथी भेला भएर सामूहिक रूपमा हिँडडुल गर्न मन पराउँछन्। नेपालका सबैजसो तराईका जंगलमा यसको बसोबास छ। यसले ६/८ महिनामा एकपटकमा ३ वटासम्म बच्चा जन्माउँछ। खुला क्षेत्रमा उम्रने घाँस र पोथ्राहरू यसको आहारा हो।
प्रकाशित :फाल्गुन २३, २०७०












तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्