स्याउको सुकुटी

स्याउको सुकुटी

फाल्गुन २३, २०७०

जुम्लालगायत कर्णाली अञ्चलका विभिन्न क्षेत्रमा प्रशस्त स्याउ खेती हुन्छ। बजारको अभावमा स्याउले उचित मूल्य पाउन सकेको छ्रैन्, तर स्थानीयबासिन्दाहरूले वैकल्पिक माध्यम अपनाएर स्याउको सुकुटी बनाएका छन्। 'स्याउको सुकुटी' यतिबेला नेपाली बजारमा राम्रोसँग बिक्री भैरहेको छ। यो सुकुटी ताजा स्याउको पहुँच हुन नसक्ने बजारलाई लक्षित गरेर तयार पारिएको हो। स्याउलाई चाना काटेर सोलार ड्रायरको सहायतामा सुकुटी तयार गरिन्छ। उपभोक्ताहरूले यसलाई स्न्याक्सका रूपमा वा अन्य जुनसुकै तरिकाले पनि खान सक्छन्। अर्गानिक एप्पल ब्रान्डी सप्लायर्स कम्पनीले स्याउको सुकुटीलाई १ सय ग्रामको प्याकेटमा उपलब्ध गराउने सुशील भण्डारीले जानकारी दिए। १ सय ग्रामको उक्त प्याकेटलाई १ सय ५० रुपैयाँ पर्छ।

प्रकाशित :फाल्गुन २३, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्