बेस्ट भ्यालेन्टाइन कपल

बेस्ट भ्यालेन्टाइन कपल

फाल्गुन २३, २०७०

प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डेको सन्दर्भमा बिग एफएमले सञ्चालन गरेको रेडियो गेम शो 'बेस्ट भ्यालेन्टाइन कपल' मा उत्कृष्ट भएका जोडीलाई पुरस्कार वितरण गरिएको छ। माघ २१ गतेदेखि फागुन २ गते फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेको दिनसम्म चलेको उक्त गेम शोबाट छानिएका उत्कृष्ट ३ सहित १० जोडीलाई पुरस्कार प्रदान गरिएको हो।

दोस्रो संस्करणको यो इभेन्टमा १० दिनसम्म हरेक दिन एसएमएस गर्नेहरूबाट छानिएका १० जोडीमध्येबाट उत्कृष्ट तीन जोडी बेस्ट भ्यालेन्टाइन छानिएका थिए। गेम शोमा सहभागिता जनाई पहिलो भएका शंकर र शशि, शान र सुजता तथा चेतमान र सुशीलाको जोडीले उत्कृष्ठ तीनभित्र पर्दै नगदसहित गिफ्टसमेत प्राप्त गरेका छन्। युवा ज्योतिष हरिहर अधिकारीले हरेक दिनका उत्कृष्ट जोडीको लब केमेस्ट्री हेरेर १० मध्ये ३ जोडी छनौट गरेका थिए।

प्रकाशित :फाल्गुन २३, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्