प्रस्ताव राखेर चर्चित

प्रस्ताव राखेर चर्चित

फाल्गुन २३, २०७०

आइटम गर्ल राखी सावन्त चर्चामा आउनका लागि जे-जस्तो हर्कत गर्न पनि पछि पर्दिनन्। यतिबेला राखीले भारतका दिग्गज नेताहरूका बारेमा टिप्पणी गर्दै आफूलाई चर्चामा ल्याएकी हुन्। हालै मात्र उनी भोजपुरी चलचित्र 'कट्टा तनल दुपट्टा' को प्रचारमा थिइन्। त्यसक्रममा उनले युवा नेता राहुल गान्धीलाई अत्यन्त हेन्डसम नेता भएको टिप्पणी मात्र गरिनन्, राहुलले 'हुन्छ' भने उनीसँग विवाह गर्न समेत तयार भएको बताइन्। राखीले राहुल गान्धीसँग विवाह गर्न तयार छु भन्ने अभिव्यक्ति दिए लगत्तै भारतीय टेलिभिजन च्यानलमा त्यसले राम्रो स्थान पायो।

सनी र हनी

बलिउडमा अहिले गायक यो यो हनी सिंहको माग बढ्न थालेको छ। निर्माता तथा निर्देशकहरू आफ्नो चलचित्रमा हनीको कम्तीमा एउटा गीत समावेश गर्न लालायित देखिन्छन्। हालै मात्र 'रागिनी एमएमएस-२' की निर्मात्री एकता कपुरले आफ्नो चलचित्रमा हनी सिंहको एउटा गीत 'चार बोतल भोडका' समावेश गरेकी छिन्। हनी सिंहको उक्त गीतमा नायिका सनी लियोनले कामुक नृत्य गरेकी छिन्। गीतमा हनि र सनीको केमेस्ट्री प्रशंसायोग्य देखिन्छ। यो गीतमा हनीको नृत्य तथा सनीको मादक हाउभाउको ककटेलले दर्शकको मन जित्ने पक्का छ।

फर्किइन् लारा

अभिनेत्री लारा दत्ता लामो समयपछि बलिउडमा र्फकने तयारी गर्दैछिन्। लारा तीन वर्षअघि आफ्नो होम प्रोडक्सन 'चलो दिल्ली' पछि चलचित्रमा देखिएकी थिइनन्। यतिबेला उनी यही चलचित्रको सिक्वेल 'चलो चाइना' मार्फत पुनरागमन गर्दैछिन्। थाइल्यान्ड, मलेसिया तथा चीनमा छायांकन हुने यो चलचित्रमा लारासँगै विनय पाठक पनि मुख्य भूमिकामा देखिनेछन्। आगामी महिनादेखि छायांकन प्रारम्भ हुने यो चलचित्रमा लाराले प्रभावकारी भूमिका निवर्ाह गर्ने बताइन्छ।

प्रकाशित :फाल्गुन २३, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्