समाजसेवामा मिस मंगोल

समाजसेवामा मिस मंगोल

फाल्गुन १६, २०७०

गएको शुक्रबार सामाजिक अभियान 'पोजेटिभ स्टेप' को समापन भएको छ। मिस मंगोल नेपाल २०१३ की विजेता मुस्कान लिम्बू, फस्ट रनर्सअप वाणी राई तथा सेकेन्ड रनर्सअप सोनु श्रेष्ठले प्रारम्भ गरेको सामाजिक अभियान 'पोजेटिभ स्टेप' को समापन समारोहमा प्रस्तुत गरिएको मौलिक फेसन सो, सांगीतिक प्रस्तुति अनि दाताको उत्साहपूर्ण सहभागिता प्रशंसायोग्य थियो।

कार्यक्रमको मुख्य आकर्षण फेसन शोमा करिब एक दर्जन नव प्रवेशी मोडलहरूले क्याटवाक गरेका थिए। चार चरणमा विभाजित उक्त फेसन शोमा मोडलहरूले नेपालका विभिन्न जनजातिका मौलिक पहिरन, विभिन्न आकर्षक एवं मनमोहक डिजाइनका साडी, पस्मिनाका विभिन्न पहिरन तथा फेसन एसेसरिज एवं सिंगापुर एयरलाइन्सका विमान परिचारिकाहरूको अफिसियल पहिरनमा क्याटवाक गरेका थिए। यो अभियान ताप्लेजुङ जिल्ला मेहेले गाविस वार्ड नं. ९ स्थित किराँत राई विद्यालय भवन निर्माणकार्यसँग सम्बन्धित छ। फागुनको अन्तिम साता मिस मंगोल नेपाल-२०१३ का विजेता मुस्कान, वाणी र सोनु उक्त विद्यालय भवन उद्घाटन गर्न जाने भएका छन्।

प्रकाशित :फाल्गुन १६, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्