पूर्वमा भ्यालेन्टाइन डान्सपार्टी

पूर्वमा भ्यालेन्टाइन डान्सपार्टी

फाल्गुन ९, २०७०

गएको शुक्रबार विराटनगरको छुट्टा-छुट्टै तीन स्थानमा डान्सपार्टी सम्पन्न भयो।  भ्यालेन्टाइन डेको अवसर पारेर विराटनगरका युवाहरूले आयोजना गरेको डान्स पार्टीमा युवा युवतीको उल्लेख्य सहभागिता थियो। साँझ सात बजेपछि रंगीचंगी वातावरणमा डिजेको संगीतसँगै डान्सपार्टीको वातावरण तात्न थाल्यो। विराटनगरका डिजे एसकेले डान्सपारखीहरूको चाहना बुझेर सबै खालका संगीत बजाउन थालेपछि युवाहरू असिनपसिन हुने गरी नाचेका थिए।

यसैगरी मोरङको उर्लाबारीमा पनि भ्यालेन्टाइन डेका अवसरमा आयोजित उक्त पार्टीमा जब माइकबाट पश्चिमा भाकाका गीतहरू गुन्जिए तब युवायुवतीहरू उत्तेजित हुँदै नाच्न थाले । हलमा उपस्थित २ सयभन्दा बढी युवायुवती असिनपसिन हुँदै राति ९ बजेसम्म पार्टीमा रमाए । त्यस्तै भ्यालेन्टाइन डेकै अवसरमा उर्लाबारी चौकमा पनि जनपथ यूथ समूहले डान्स पार्टी सम्पन्न गरेको छ । खुला रूपमा उर्लाबारी चोकमा आयोजित डान्स पार्टीमा ३ सयभन्दा बढी युवायुवतीको सहभागिता थियो ।

विराटनगरबाट अनिल श्रेष्ठ र उर्लाबारीबाट सरोज बस्नेत

प्रकाशित :फाल्गुन ९, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्