एउटै मञ्चमा चार जनालाई उपाधि

एउटै मञ्चमा चार जनालाई उपाधि

फाल्गुन ९, २०७०

७ देखि १३ वर्ष उमेर समूहका बालिकाहरूमा लक्षित 'लिटिल मिस युनिभर्स नेपाल-२०१४' की विजेता भइन् दृष्टि दाहाल। १४ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूमा लक्षित 'मिस टिन युनिभर्स नेपाल-२०१४' की विजेता भइन् सुस्मिता लामा। २० देखि २८ वर्ष उमेर समूहका वयस्क युवतीहरूमा लक्षित 'मिस इन्टरनेसनल-२०१४' की विजेता बनिन् रिया बस्नेत। २१ देखि ५६ वर्ष उमेर समूहका विवाहित महिलाहरूमा लक्षित 'मिसेस युनिभर्स नेपाल-२०१४'की विजेता भइन् दीपा शाही राणा। यी सबै विजेताले आफूले जितेको प्रतियोगिताको अन्तर्राष्ट्रिय संस्करणमा नेपालका तर्फबाट सहभागिता जनाउने अवसर जुटाएका छन्, साथै नियुक्त भएका छन् रक्षा नेपालको सद्भावना दूत।

उक्त शीर्षकमा लिटिलतर्फ प्रेरणा भट्टराई र स्नेहा कार्की फस्ट तथा सेकेन्ड रनर्सअप, टिन तर्फ अल्बिना क्षेत्री र कृति शाही ठकुरी फस्ट तथा सेकेन्ड रनर्सअप, मिसतर्फ एरेन्का ढकाल र तुलसा पुरी फस्ट तथा सेकेन्ड रनर्सअप र मिसेसतर्फ एलिजा गौतम र लक्ष्मी शोभा तुलाधर फस्ट तथा सेकेन्ड रनर्सअप घोषित भए। कार्यक्रममा मिस युनिभर्स-२०१३ की विजेता ली सुओ मी, क्यारोलको उपस्थिति प्रमुख आकर्षण थियो। उनी कार्यक्रममा निर्णायकका रूपमा उपस्थित थिइन् भने उनले मिसेस् युनिभर्स नेपालका विजेतालाई मुकुट पहिर्‍याएकी थिइन्।

गत शनिबार ई-प्लानेटको आयोजनामा सञ्चालित उक्त प्रतियोगिता परिचयात्मक चरणबाट प्रारम्भ भएर विजेताको चयनमा टुंगिएको थियो, जसअन्तर्गत मौखिक प्रश्न उत्तरको चरणमा गोला प्रथाबाट छानिएका एक जोडी सहभागीले आ-आफूमा प्रश्न गरेका थिए। त्यसपछि अन्तिम चरणमा प्रवेश गरेकाहरूले निर्णायक प्रश्नको लिखित उत्तर दिएका थिए। प्रतियोगितामा पर्सनालिटी, इन्टेलिजेन्ट, कन्जिनियालिटी, पपुलर, फोटोजेनिक आदि विधामा पनि विजेताहरू चयन गरिए।

प्रकाशित :फाल्गुन ९, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्