रामकृष्णको एकल गायन

रामकृष्णको एकल गायन

फाल्गुन ९, २०७०

गायक रामकृष्ण ढकालले शुक्रबार काठमाडौंमा सम्पन्न एकल गायन कार्यक्रममा प्रस्तुत हुँदै आफ्ना रोमान्टिक गीत-संगीत प्रस्तुत गरेका छन्। भ्यालेन्टाइन्स डेको अवसर पारेर सिटिसी मलमा आयोजित 'रामकृष्ण ढकाल लाइभ इन कन्सर्ट' मा गायक ढकालले प्रत्यक्ष बाद्ययन्त्रसहित आफ्ना लोकप्रिय गीतहरू सुनाएका थिए।

साजनको एकल सांगीतिक साँझ

मोरङ इन्द्रपुर विराटचौकमा स्थापित एक्टिभ युथ टिमले शुक्रबार 'साजन राई एकल साँगीतिक साँझ' सम्पन्न गर्‍यो। राईले एल्बम देशको मायाको 'नेपाली नेपाली हामी हौ नेपाली...' गीतबाट आफ्नो प्रस्तुति सुरु गरे। उक्त अवसरमा स्थानीय सिद्धार्थ बोडिङ स्कुलका कलाकारहरूले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेर थप मनोरञ्जन प्रदान गरे।

प्रकाशित :फाल्गुन ९, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्