मेलामा नेपाली उत्पादन

मेलामा नेपाली उत्पादन

फाल्गुन २, २०७०

स्वदेशी कृषि तथा घरेलु उत्पादनलाई बढावा दिने उद्देश्यले आजदेखि भृकुटीमण्डमा ४ दिने मेला प्रारम्भ हुँदैछ। मेलामा नेपालको भौगोलिक विविधता झल्कने स्थानीय उत्पादनहरू प्रदर्शनमा राखिएको छ।

विभिन्न क्षेत्रमा उत्पादन हुने विशेष उपजलाई मेलामा अवलोकन तथा खरिद-बिक्री गर्ने व्यवस्था मिलाइएको छ। मेलामा नेपाली कला, संस्कृति झल्कने सामग्रीहरू अवलोकन गर्न सकिन्छ। मेलामा कुनै पनि उद्यमीले आफ्नो उत्पादन सार्वजनिक गर्ने प्लेटर्फमसमेत उपलब्ध गराइनेछ।

नेपाली कला, संस्कृतिका सम्बन्धमा चासो राख्नेहरूका लागि पनि मेला उपयुक्त गन्तव्य हुनेछ। त्यहाँ नेपाली संगीत तथा चलचित्र उद्योगका स्टलहरू राखिएका छन्। मेलामा राष्ट्रिय खेलकुद परिषद्ले पनि नेपाली खेलका सम्बन्धमा जानकारी दिइरहेको छ।

अवलोकनकर्तालाई मनोरञ्जन प्रदान गर्ने उदेश्यले मेलामा सांगीतिक कार्यक्रम पनि प्रस्तुत भैरहेको छ। आगन्तुकले त्यहाँ लोकदोहोरीदेखि आधुनिक तथा पप गीतको मज्जा लिन सक्नेछन्।

प्रकाशित :फाल्गुन २, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्