एक-अर्कामा भ्यालेन्टाइन सुन्दरता

एक-अर्कामा भ्यालेन्टाइन सुन्दरता

- भीषण राई

माघ २४, २०७०

भ्यालेन्टाइन डे नजिकिँदैछ। यसले युवापुस्तामा चहल-पहल बढाएको छ। यो दिनले एउटा विशेष अर्थ राख्छ। यो दिन एक-अर्कालाई रोज्ने दिन पनि हो। यस अर्थमा यो दिन महत्वपूर्ण हुनु स्वाभाविक पनि हो। भ्यालेन्टाइन डेका लागि सजिँदा निकै कुरामा ख्याल गर्नुपर्ने हुन्छ। आफूलाई कसरी आकर्षक देखाउन सचेत हुनुपर्छ। उक्त दिनको पहिरन, मेकअप एवं ग्रुमिङले दुवै जनामा छुट्टै छाप छोड्छ। भ्यालेन्टाइन डेलाई विशेष बनाउन केही डिजाइनर, मेकअप आर्टिस्ट तथा ग्रुमिङ विशेषज्ञहरूको सल्लाह-सुझाव ः

राजेश धाख्वा, डिजाइनर (युवाको पहिरन)

-  हरेक व्यक्तिमा ड्रेस सेन्स हुनुपर्छ। युवा मेन इन ब्ल्याक र युवती वुमेन इन रेड नै भ्यालेन्टाइनमा स्पेसल देखिन्छ।

-  आफू डेटिङ गैरहेको स्थानअनुरूप पहिरन लगाउनुपर्छ।

-  दुवैले थिमअनुरूपको सुहाउँदो पहिरनमा सजिनु राम्रो हुन्छ।

-  युवाका लागि ब्ल्याक कलरको पहिरन नै सुट गर्छ। जिन्स र चेक सर्टमा पनि आकर्षक देखिन्छ।

-  होचो कदका युवाले प्याटर्न भएको पहिरन लगाउनु राम्रो हुन्छ।

-  दुब्लो व्यक्तिका लागि चेक सर्ट उपयुक्त हुन्छ। मोटा मानिसमा डार्क कलरको पहिरन खुल्छ।

-  श्यामवर्ण भएकाहरूले मिडियम कलरका पहिरन रोज्नुपर्छ।

-  बेलुकीको भेटमा र्फमल सुट लगाउनु राम्रो हुन्छ। सुटअनुसार टाईको प्रयोगले स्मार्ट देखिन मद्दत गर्छ।

परी श्रेष्ठ, डिजाइनर (युवतीको पहिरन)

-  आफ्नो रोजाइ र सुहाउँदो पहिरन छनौट गर्नुपर्छ।

-  हल्का डिजाइन गरिएका रातोसँग गुलाफी रंगका वन पिस वा अम्ब्रेला टाइपको पहिरन प्रयोग गर्न सकिन्छ।

-  डेटिङमा रातो रंगका पहिरनमा आफूलाई आकर्षक देखाउन सकिन्छ। एक दिनका लागि कतै जाँदा रातो रंगको पाइन्ट लगाउन सकिन्छ।

-  लाइट कोट लगाउनु उपयुक्त हुन्छ। गोरो वर्ण भएकाहरूलाई सबै रंग सुहाउँछ, तथापि उनीहरूले चहकिलो खालका पहिरन छनौट गर्नु राम्रो हुन्छ।

-  श्यामवर्णका युवतीहरूले भने हल्का रातो पहिरन लगाउनु उपयुक्त हुन्छ। होचो कदका युवतीले सकेसम्म अग्ली देखाउन हाइ वेस्ट पेन्टसँगै अग्लो हिल -  प्रयोग गर्नुपर्छ। अग्ली युवतीले भने लंग टप पाइन्टमा टिसर्ट लगाउँदा आकर्षक देखिन्छ। होची युवतीले स्टाइप डिजाइन गरेर धर्के पहिरन लगाउन -  सक्छन्। अग्लीहरूलाई भने रेड कम्बिनेसनमा उज्यालो कलरको बोर्डर बढी खुल्छ।

-  शरीरमा विभिन्न एसेसरिज प्रयोग गर्नुपर्छ। टिनएजरहरूमा अहिले वन पिस स्कर्ट चल्तीमा छ। त्यसबाहेक कोट स्कर्ट पनि प्रयोग गर्न सकिन्छ। -  भरसकदुवैको सल्लाहबमोजिम एक-अर्कामा म्याचिङ गर्ने पहिरन लगाउनु उपयुक्त हुन्छ।

रोहिया महर्जन, कोरियोग्राफर (युवतीको ग्रुमिङका लागि)

-  स्नान एवं हात-खुट्टाको पूर्ण सरसफाइ गर्नुपर्छ। मुखको गन्ध हटाउन माउथ फ्रेसनर प्रयोग गर्नु राम्रो हुन्छ। शरीरका अनावश्यक रौं हटाउनुपर्छ। आइ ब्रो मिलाउनुपर्छ।  केशलाई पहिरनअनुसार कर्ली गर्न वा जुरो बनाउन सकिन्छ।

-  रातो रंगको वन पिस गाउन आकर्षक देखिन्छ। बुटअनुसार पर्स र बेल्टको कलर मिलाउनुपर्छ।

-  सफ्ट खालका परफ्युम प्रयोग गर्नुपर्छ।   सिम्पल खालका स्टोन एवं फंकी एसेसरिजको प्रयोग उपयुक्त हुन्छ। आफ्नो प्रेमीको उचाइअनुसार हिल छनौट गर्नु बुद्धिमानी हुन्छ।

अमृत मरहठा, मेकअप आर्टिस्ट (युवाका लागि)

-  अनुहार फेसवासले सफा गर्नुपर्छ। छालालाई मुलायम राख्न मोस्चराइजर लगाउनुपर्छ।

-  अनुहारमा चमक ल्याउन छालाको रंगअनुसार फाउन्डेसन पनि प्रयोग गर्न सकिन्छ।

-  अनुहारका दागहरू छोप्न फेस टोनको कन्सिलर प्रयोग गर्न सकिन्छ।

-  अनुहारमा फिनिसिङ टच दिएर आँखामा हल्का गाजल लगाउनुपर्छ। ओठमा लिपवाम प्रयोग गर्न सकिन्छ।

-  केशलाई वेटी र साइनी लुक दिन एन्टी ड्यान्ड्रफ सेम्फु प्रयोग गर्न सकिन्छ।

-  पहिरनअनुरूपको हेयर स्टाइल बनाएर सेक्सी लुकका लागि दार्‍ही टि्रम गर्नुपर्छ।

-  परफ्युम प्रयोग गर्न बिर्सन हुँदैन। किनभने युवतीहरू परफ्युम खुबै मन पराउँछन्।

-  युवतीहरू शालिन र नेचुरल पर्सनालिटीबाट बढी आकषिर्त हुन्छन्, जसमा अन्य कुराले विशेष भूमिका खेलेको हुन्छ।

-  छोटो केश भएकाहरूका लागि वेस्टर्न लुक र पातलो अनुहारका लागि वेभी नेचुरल केश उपयुक्त हुन्छ।

-  नाडी घडी छुटाउनु हुँदैन। समय एकदमै महत्वपूर्ण हुन्छ।

-  मुखको सफाइ र दाँतमा विशेष ध्यान दिनुपर्छ। शरीरको अनावश्यक रौं हटाउन वाक्सिङ गराउन सकिन्छ।

निर्जन थापा, मोडल तथा कोरियोग्राफर (युवा ग्रुमिङका लागि)

-  डेटिङमा जाँदा आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान पुर्‍याउनुपर्छ।

-  केशलाई अनुहार सुहाउँदो बनाउनुपर्छ। जेल लगाएर केशलाई स्पाइकी बनाउन सकिन्छ।

-  स्मार्ट देखिन दार्‍ही-जुँगा मिलाउनुपर्छ।

-  क्याजुअल पहिरन भरसक फिटिङ खालको हुनु राम्रो हुन्छ।

-  युवतीका अगाडि प्रिजेन्टेवल, पोलाइट तथा आकर्षक रूपमा प्रस्तुत हुनुपर्छ।

-  गर्लफ्रेन्डलाई पूर्ण सम्मान गर्दै आफ्नो मुड बनाउन सक्नुपर्छ।

-  कार्यक्रमअनुसार पहिरन छनौट गर्नु राम्रो हुन्छ।

-  पहिरन मिल्दो पार्टी सुज वा अन्य क्याजुअल सुज प्रयोग गर्न सकिन्छ। पहिरनको रंगसँग मिल्ने खालको सानो बकल भएको बेल्ट लगाउनु उपयुक्त हुन्छ।

-  साथमा टोपी, स्कार्फ, औंठी, घडी आदि पनि प्रयोग गर्न सकिन्छ।

नन्दा अधिकारी, मेकअप आर्टिस्ट (युवतीका लागि)

-  टिन एजर्सले हल्का मेकअप मात्र गर्नु उपयुक्त हुन्छ। भारी मेकअपले उमेर पाको देखिन्छ।

-  पहिरनअनुसार मेकअप कलर टोन मिलाउनुपर्छ।

-  बाहिर डेटिङमा जाँदै हुनुहुन्छ भने वाटरप्रुफ मेकअप गर्नु राम्रो हुन्छ।

-  दिउँसोका लागि हल्का मेकअप गर्नुपर्छ। बेलुकीका लागि ब्ल्याक स्मोकी उपयुक्त हुन्छ।

-  आँखालाई आकर्षक देखाउन ल्यास लगाउनुपर्छ भने लेन्स पनि प्रयोग गर्न सकिन्छ।

-  युवतीहरूले अनुहारमा रोज कटिङ गरी आफूलाई आकर्षक देखाउन सक्छन्।

-  बडी पेन्टसँगै नङमा रातोपोलिस लगाउँदा त्यसले अर्थ दिन्छ।

-  केशलाई वेभी बनाउनुपर्छ। मंगोलियन अनुहार भएकाहरूले अगाडि हल्का पफ उठाउनु उपयुक्त हुन्छ। आर्यन अनुहारलाई जुनसुकै स्टाइल पनि सुट गर्छ।

प्रकाशित :माघ २४, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्