मेलामा कलाकार ओइरिए

मेलामा कलाकार ओइरिए

- शिव शर्मा

माघ १७, २०७०

अंशु थापा (हात्ती) तथा पल्पसा डंगोल (चम्सुरी) सोमबार पोखरा औद्योगिक व्यापार मेलामा हास्य विधातर्फ हँसाउन स्टेजमा उत्रिए। अंशु थापा म हात्तीलाई उचाल्ने कोही छ भन्दै र पल्पसा मुलाको साख खै भन्दै ठ्ट्यौली प्रस्तुत गर्दै थिए। उनीहरूले महानायक राजेश हमालदेखि विभिन्न कलाकारको नाम उच्चारण गर्दै आफ्नो कला प्रस्तुति गर्दा दर्शक पेट छाम्दै हाँस्न बाध्य भए।

लेखनाथ महोत्सवमा गाएर फर्किएका पप गायक धीरज राई फेरि पोखरा महोत्सवमा सहभागी भएर दर्शकलाई नचाए। त्यस्तै म बिना कसै-कसैलाई मुस्किल छ पोखराका गायक प्रमोद खरेलले पनि मनोरञ्जन प्रदान गर्न कुनै कसर बाँकी राखेनन्। सुगम संगीतका गायक शिव परियारले पनि वातावरण उचाले।

त्यस्तै मल्लिका कार्की, आस्था राउत, शिवानी मोक्तान, धर्मेन्द्र सेवानले पनि आलोपालो गरी महोत्सव तताउने कन्सर्ट संयोजक गायक विनोद जोजिजूले जानकारी दिए। त्यस्तै स्थानीय आनन्द बज्रचार्य, सागर शाहले पनि मेलामा रंग भरिरहेका छन्। मेलामा पपसँगै आधुनिक, दोहोरी र हास्यतर्फ कलाकारको ओइरो नै देखिन्छ।

प्रकाशित :माघ १७, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्