
प्रेम सफल बनाउन के गर्नुपर्ला?
माघ १७, २०७०
प्रेम सफल बनाउन के गर्नुपर्ला?
- सुयोग्य बलमपाकी
प्रेमले अझै मेहनत गर्न बाँकी नै छ। अहिलेको जमानामा प्रेमले यसरी बाटाबाटामा हल्लिएर हिंड्नु हुँदैन। प्रेमले आफ्नो खुट्टामा उभिनु आवश्यक छ। प्रेमले एकदम इमान्दारीका साथ अघि बढ्नुपर्छ।
छ एकान छ मा अचानक आउनुभयो। किन?
- पारस
केको अचानक हुनु नि हो। यो हाम्रो दुई-तीन वर्षअघिदेखिको प्लान हो। हामीले ठूलो पर्दामार्फत पनि दर्शकहरूलाई मनोरञ्जन दिनुपर्ने थियो, त्यसैले छ एकान छ मार्फत आएका हौं।
यसपालि संविधानसभाको चुनावमा किन नउठेको?
- ओमप्रकाश जाग्री
ल काँ नउठ्नु। संविधान सभाको दिन बिहानै ६ बजे उठेर नुहाइधुवाइ गरी भोट हाल्न गइयो नि ! त्यत्रो संविधानसभाको चुनावको दिनमा नि कोही सुतेर बसिरहन्छ? बेलामा उठ्न परेन।
यो मुन्द्राको अर्थ के हो?
- बद्री काफ्ले
केही होइन, यो कानमा लगाउने गहना हो। पैसा हुनेले सुन-हीराको लाउँछन्, नहुनेले यस्तै साधारण लाउँछन्। मैले लाउने मुन्द्राका बारेमा चैं यत्ति हो जानेको, तर आजभोलि नाइटो, आँखीभौं र ओठमा लाउने मुन्द्राका बारेमा चैं थाहा छैन है।
केटी पट्याउन के गर्नुपर्छ?
- आदित्य चौधरी, कदमाहा
पहिले सिरक पट्याउनुस्, लुगा पट्याउनुस् अनि पैसा पट्याउन थाल्नुस्। त्यसपछि के-के पट्टनिुपर्ने हो आफंै पट्टनि थाल्छन्।
तपाईंको उमेर कति पुग्यो? नढाँटी भन्नुहोस् त।
- विष्णु खनाल
होइन, नागरिकतै दिन लाग्नु'भा हो कि क्या हो ब्रो? भर्खर चलचित्रमा हिरो भा'को छु, काँ उमेर बताइरहनु। फेरि नढाँटी भन्नुहोस् भन्नु भा'छ ढाँट्न मिलेन।
तपाईंले दोस्रो विवाह गर्नुभयो भन्ने हल्ला छ नि। के यो साँचो हो?
- ईश्वर पौडेल
साँचो त के, साँचो झुन्ड्याउने किरिङ पनि होइन। म अरूको भाग खोस्दिनँ। मेरो भाग सम्हालिरहेको छु र जिन्दगीभर समालिरहन्छु। मैले सोच्दै नसोचेको कुरामध्ये प्रमुख कुरै यही हो।
प्रकाशित :माघ १७, २०७०


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्