Teej banner
सृष्टि काभ्रे लेडिज ट्यालेन्ट-२०७०

सृष्टि काभ्रे लेडिज ट्यालेन्ट-२०७०

माघ १०, २०७०

काभ्रे लेडिज ट्यालेन्ट शो - २०७० को उपाधि सृष्टि श्रेष्ठले जितेकी छिन्। उनले शीर्ष उपाधिबाहेक पपुलर अवार्डसमेत हात पारिन्। त्यस्तै फस्ट रनर्सअप मीना लामाले बेस्ट ड्रेसको पनि उपाधि जितिन् भने सेकेन्ड रनर्सअप मुस्कान तामाङले बेस्ट पर्सानिलिटीको अवार्ड पनि हात पारिन्।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित उक्त प्रतियोगितामा अन्य शीर्षक उपाधिमध्ये डिसिप्लेनतर्फ लज्जु खड्का, ट्यालेन्टतर्फ काजल श्रेष्ठ, वाकतर्फ सुजना श्रेष्ठ, फोटोजेनिकतर्फ आयुषा खड्का, फ्रेन्डशिपतर्फ रक्षा अधिकारीले उपाधि प्राप्त गरे। प्रतियोगिताका क्रममा गायक सपन श्रेष्ठ, प्रदेश लिम्बू, रुपेश गुरुङका साथै स्थानीय कलाकारहरूले गित संगीत तथा नृत्य प्रस्तुत गरेका थिए।

प्रकाशित :माघ १०, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्