
टपलेस स्टुअर्ट
माघ १०, २०७०
२३ वर्षीया अमेरिकी गायिका क्रिस्टिना स्टेवार्ड पनि ती नायिकाको श्रेणीमा परेकी छिन् जो विज्ञापनका लागि टपलेस भएका छन्। हालै मात्र क्रिस्टिनाले रोसाबोतानिकाका लागि एउटा नयाँ विज्ञापन सुट गरेकी छिन् जसमा उनी टपलेस भएकी छिन्। हलिउडका सुन्दर नायिकाहरू मध्येकी क्रिस्टिना आफ्ना प्रेमी रोबर्ट पेटिसनलाई चिढ्याउन टपलेस भएको आशंका गर्नेहरू प्रशस्त छन्। एफएचएमको सबैभन्दा कामूक महिलाको सूचीमा तीन पटक नम्बर एक स्थानमा रहन सफल क्रिस्टिना आस्क म्यानको उत्कृष्ट ९९ डिजायरेबल वुमनको सूचीमा समेत परिसकेकी छिन्। क्रिस्टिना वर्ष २०१४ का लागि प्रतिष्ठित ब्रान्ड च्यानलको ब्रान्ड एम्बेसडर हुन्।
जेनिफरको मदिराप्रेम
हलिउड नायिका जेनिफर लरेन्स यो साता दुईवटा कुराले चर्चामा रहिन्। यसपटकको गोल्डन ग्लोब एवार्ड समारोहमा बेस्ट सर्पोटिङ एक्ट्रेसको उपाधि उनलाई चर्चामा ल्याउने पहिलो कारण थियो। दोस्रो कारण भने उनले गरेको मदिरापान हो। एवार्ड पाउनुभन्दा एक दिनअघि शनिबार राति जेनिफरले आफ्ना प्रेमीसँग खुसियाली साटासाट गर्ने क्रममा अत्यधिक मदिरापान गरेको समाचार सार्वजनिक भएको छ। बेबरली हिल्सको एउटा होटलमा जेनिफरले प्रेमी निकोलस जोल्ट संगै बसेर मदिरापान गरेकी थिइन्। मदिरापानपछि दुवैले उक्त होटलमा रात बिताएको समेत चर्चा छ। त्यसो त मदिरापानका क्रममा उनीहरूसँग कलाकार ब्रेडली कूपर पनि थिए। यो समाचार सार्वजनिक भएपछि जेनिफरले आफूले कहिलेकाहीँ मात्र मदिरा पिउने कुरा स्पष्ट पार्दै एक ग्लास मदिरा नै आफ्ना लागि पर्याप्त हुने दाबी गरेकी छिन्।
इमीको उत्तेजक फोटोसुट
२७ वर्षको चढ्दो जवानीले मोडल तथा कलाकार इमी रोसुमलाई छपक्कै छोपेको छ। उनी बिनाहिचकिचाहट उत्तेजक फोटोसुट गरेर धेरैको आँखामा बसेकी छिन्। हालै मात्र एक म्यागजिनका लागि उनले हट फोटोसुट गराएकी छिन्। इमीले ईस्क्वायर म्यागेजिनको नयाँ अंकका लागि फोटोसुट गराएकी हुन्। फोटोसुटका क्रममा इमीले नग्न पोज पनि दिएकी थिइन्। भनिन्छ, आफ्नो आकर्षक शरीर देखाउने क्रममा इमी निकै खुलेकी थिइन्।
प्रकाशित :माघ १०, २०७०













तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्