सासा लिम्बू

सासा लिम्बू

- सन्तोष राई

माघ १०, २०७०

हेर्दै 'कोरियन गर्ल' झैं देखिने सासा लिम्बू (२१) मोडलिङ र फेसन डिजाइन दुवै विधामा अब्बल छिन्। भविष्यमा सफल अभिनेत्री बन्ने ध्याउन्नमा लागेकी मोरङकी बासिन्दा लिम्बू अहिले काठमाडौंमा फेसन डिजाइनसम्बन्धीे तालिम लिइरहेकी छिन्। उनले आधा दर्जनजति म्युजिक भिडियो तथा केही लघुचलचित्रमा समेत अभिनय गरिसकेकी छिन्। ५ फुट ३ इन्च अग्ली सासा गायिका अञ्जु पन्तकी प्रशंसक हुन्। अभिनयमा पनि आफूलाई अब्बल साबित गर्न प्रयासरत लिम्बू नायक अनमोल केसी तथा नायिका प्रियंका कार्कीको अभिनयबाट प्रभावित छिन्। सारी र कुर्ता-सलवारकी पारखी लिम्बू फुर्सदमा फेसबुकमा साथीभाइसँग कुरा गर्न रुचाउँछिन्। फेसनेबल ड्रेसअप मन पर्छ,' सासा भन्छिन्- 'कलाकार बनेर सु-परिचित हुने सोचमा छु।'

 

प्रकाशित :माघ १०, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्