Teej banner
नेपाल नेपालजस्तै हुन केही गर्नै पर्दैन।

नेपाल नेपालजस्तै हुन केही गर्नै पर्दैन।

माघ १०, २०७०

माघ ३ गतेको साप्ताहिकमा मनोज गजुरेलको लेख समसामयिक भए पनि निराशावादी खालको लाग्यो। नेपाल नेपालजस्तै हुन केही गर्नै पर्दैन। यो जस्तो छ, छँदैछ।

         - सिबी रायमाझी, धापासी

नेपाली युवाहरूका लागि यो खुसीको कुरा हो। (खुल्यो सुब्बाको जागिर, माघ ३) यसरी बर्सेनि सरकारले जागिरको मौका दिने हो भने बेरोजगारी समस्या कम हुँदै जाने थियो। यसमा अनलाइनबाटै आवेदन दिने व्यवस्था मिलाउने हो भने अझ सजिलो हुने थियो। विदेशमा बस्ने युवाहरूले पनि आवेदन दिन पाउने हो भने उनीहरू स्वदेश र्फकन्थे कि? कुनै वेवसाइटमा यसको जानकारी छ भने दिनुहोला।

         - जीवन लिम्बू, मधुमल्ला

गजुरेलजीले ठ्याक्कै मेरो मनको कुरा लेख्नुभएछ। (आहा, हाम्रो देश यस्तो कहिले बन्ला, माघ ३) उहाँको कुरामा मेरो पूर्ण सहमति छ।

         - रामकृष्ण खतिवडा

ओम क्षेत्रीलाई कुनै भूतको रोल दिनुपर्छ। (अभिनयमा ओम, माघ ३) उहाँलाई त्यस्तै भूमिका सुहाउँछ जस्तो लाग्यो।

         - दिनेश घिसिङ, मोरङ

खुला विश्वविद्यालयका बारेमा जानकारी दिनुपर्‍यो।

         - अभ्युदय

शुभेच्छा थापाको कुरा नेपाली समाजमा पच्छ र?

         - सूर्य पाठक, सुनवल

लोकसेवासम्बन्धी सामग्री जानकारीमूलक छ। यसलाई निरन्तरता दिनुहोला।

         - गोपाल भण्डारी

साप्ताहिकको नयाँ स्तम्भ युवा मन एकदमै मनपर्‍यो। यसलाई निरन्तरता दिँदै अझ रोचक ढंगमा प्रस्तुत गर्नुहोला।

         - सुनिलजंग कुमार

तपाईं पुरानो हुनुभएकाले आधुनिक देखाउन आफ्नो छाती माछाले छोप्नुभएको हो? (शुभेच्छा थापा, माघ ३)

         - राजदीप पराजुली

एकदिन तपाईंका गीत धेरैभन्दा धेरै श्रोताले गुनगुनाउनेछन्। (सृष्टि हिङमाङ, गायिका, माघ ३) आफ्नो लक्ष्यमा सफल हुनुहोस्।

         - निरज मगर, तनहुँ

साप्ताहिकको स्तम्भमा आउने सेलिबि्रटीहरूमा राष्ट्रप्रेमको कमी पाइयो। उनीहरूको छनोटमा पर्ने सबै कुरा विदेशी हुन्छन्। स्वदेशी कुराको प्रचारप्रसार एवं प्रवर्द्धन गर्न किन कन्जुस्याइँ?

         - ईश्वर पौडेल

प्रकाशित :माघ १०, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्