१३ हजार ४ सय ८५ सिकारी चरो बसाई सराई गरे

१३ हजार ४ सय ८५ सिकारी चरो बसाई सराई गरे

माघ ३, २०७०-

जाडो छल्न र आहाराको खोजीमा बसाइँ सर्ने सिकारी प्रजातिका चराको गणना सम्पन्न भएको छ। चीनको तिब्बतलगायतका स्थानबाट कास्कीको काँडे क्षेत्रको आकाश हुँदै विभिन्न देशमा बसाइँ-सराइ गर्ने चराको गणना सम्पन्न भएको हो। चरा गणनामा सहभागी र्‍याप्टर बायोलोजिस्ट तुलसी सुवेदीका अनुसार यो वर्ष ३६ प्रजातिका १३ हजार ४ सय ८५ सिकारी चरा बसाइँ-सराइ गरेका छन्। गत वर्ष ३० प्रजातिका ९ हजार ७ सय ५४ सिकारी चरा बसाइँ-सराइ गरेका थिए। विश्वमा ३ सय ३८ प्रजातिका सिकारी चरा पाइन्छन्। नेपालमा ६० प्रजातिका सिकारी चरा पाइने सुवेदीले जानकारी दिए। कास्कीको ढिकुरपोखरी गाविसको काँडे, पाउदुरकोट र ठूलाखर्कवाट बसाइँ-सराइ गर्न उडेका चरा सजिलै देख्न सकिन्छ, त्यसैले यहाँबाट सेप्टेम्बर १५ देखि डिसेम्बर ८ सम्म चरा गणना गरिएको हो। चील, महाचील, गिद्ध, बाज आदि विभिन्न प्रजातिका सिकारी चरा ठूलो संंख्यामा बसाइँ सर्छन्। सेप्टेम्बर महिनाको प्रारम्भसँगै बसाइँ-सराइको क्रम सुरु भएर डिसेम्बरसम्म चल्छ, सुवेदीले भने।

मंगोलिया, उत्तरी चीन, तिब्बत, रूस हुँदै यहाँको आकाशमा देखिने चरा हिमाञ्चल प्रदेश अरबीयन देश हुँदै अपि|mकासम्म जाने गर्छन्। केही प्रजातिका चरा नेपालको तराई क्षेत्रमा समेत बस्छन्, सुवेदीले भने। र्‍याप्टर बायोलोजिस्ट तुलसी सुवेदी, अमेरिकन जिओलोजिस्ट डा रोवट डी क्यानडिडो, सूर्य गुरुङ, सन्देश गुरुङ, हेङ्क स्मिथसँगै अन्य पर्यटकहरूको सहभागितामा चरा गणना गरिएको गणनामा सहभागी सूर्य गुरुङले बताए। यो क्षेत्र बसाइँ सर्ने चरा गणना र अवलोकनका लागि निकै उपयुक्त स्थाल भएको अमेरिकन जिओलोजिस्ट डा. रोवट डी क्यानडिडोको अनुभव छ।

प्रकाशित :माघ ३, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्