अन्तिम चरणमा काभ्रे लेडिज ट्यालेन्ट शो

अन्तिम चरणमा काभ्रे लेडिज ट्यालेन्ट शो

माघ ३, २०७०

बौद्धिकतासहितको सौन्दर्य भन्ने नाराका साथ सञ्चालन भैरहेको काभ्रे लेडिज ट्यालेन्ट शो-२०७० को प्रशिक्षण जारी छ। काभ्रे लेडिज ट्यालेन्ट शो को यो पाँचौं संस्करण हो। रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना हुने यो प्रतियोगितामा १६ देखि २२ वर्ष उमेर समूहका अविवाहित युवतीहरू सहभागी छन्।  

यसअघि सोफिया शाक्य, प्रमिता थापा, सुस्मिता सापकोटा तथा मनीषा श्रेष्ठले काभ्रे लेडिज ट्यालेन्टको उपाधि जितिसकेका छन्। कार्यक्रमको फाइनल भोलि माघ ४ गते बनेपामा सम्पन्न हुँदैछ।

प्रकाशित :माघ ३, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्