जिन्दगी लामो छ।

जिन्दगी लामो छ।

माघ ३, २०७०

जिन्दगी लामो छ। (डि्रंक्स, सेक्स र एचआईभी, पुस २६) जोसमा होस गर्नु राम्रो हुन्छ।

    - खगेन्द्र थापा अतीत

गलत कामको परिणाम गलत नै हुन्छ। (डि्रंक्स, सेक्स र एचआईभी, पुस २६) कुरा ढिलो-चाँडोको मात्र हो।

    - बिमल हमाल

साप्ताहिकको युवा मन स्तम्भलाई नियमित स्थान दिनुहोला।

    - प्रकाश

अरू विषयसँगै विदेशको पढाइ, रोजगारी, शिक्षा, सूचना तथा प्रविधिमा जोड दिनुपर्‍यो।

    - सिजन खुलाल, गुरु भाइ

डा. राजेन्द्र भद्राको स्तम्भमा कि त तस्बिर नराखौं कि त वास्तविक तस्बिर राखौं।

    - खगेन्द्र न्यौपाने

निरीह नेताहरूले देशलाई पनि निरीह बनाए। (मेहबुबलाई कसले गोली हानेको थियो, पुस २६) जसका कारण यी र यस्तै धेरै कुरा अनुत्तरित छन्।

    - हरिबाबु श्रेष्ठ

बकबास कथामा र बकबास अभिनय। (६ एकान ६, पुस २६) त्यति मन परेन।

    - रोचक

नेपाली बजारमा भित्रिने नयाँ ग्याजेट्सका बारेमा विस्तृतमा जानकारी समेट्नुहोला।

    - सगुन राई

लेख मन पर्‍यो। (सय वर्षअघि युरोप पुग्ने नेपाली, पुस २६) यसमा समावेश गीत दिनमा पाँच-छ पटक सुन्छु। राम्रो र रोमान्टिक खालको छ।

    - राजु पहाडी

पूरै हँसाउने चलचित्र । (६ एकान ६, पुस २६) नेपाली चलचित्र यस्तै हुनुपर्छ।

    - अर्जुन खनाल

हा, हा, हा... जिया भर्जिन रे? (म अझै भर्जिन छु, जिया केसी, पुस २६) मलाई त हाँसो लाग्यो।

    - शत्रुघन यादब

पाल्पाली बारा (बटुक) नेवार समुदायको होइन। यो मगर समुदायको परिकार हो।

    - सूर्य थापा

यो उमेर न हो साथी, यस्तो बेला कुन कुरा गलत हो। (यौन  मनोविज्ञान, पुस २६) कुन कुरा सही हो ? छुट्याउन सक्नुपर्छ।

    - सीताराम

दीपाश्रीले सीतारामजीको राम्रै मूल्यांकन गर्नुभएछ। (ब्याकबाइट्स, पुस २६) उहाँको कुरामा मेरो पनि सहमति छ।

    - छत्र खडायत

प्रकाशित :माघ ३, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्