
नेपाल आउँदै मिसेज युनिभर्स
पुस २६, २०७०
मिसेज युनिभर्स-२०१३ की विजेता क्यारोल आगामी फेब्रुअरी २० तारिखमा नेपाल आउँदै छिन्। मिसेज युनिभर्सका लागि नेपाल निर्देशक तथा ई-प्लानेटका अध्यक्ष सन्तोष सापकोटाको अनुरोधमा मिसेज युनिभर्स नेपाल-२०१३ को अन्तिम प्रतिस्पर्धाका लागि उनी तीन दिनका लागि नेपाल आउन लागेकी हुन्। तीनदिने नेपाल बसाइका क्रममा क्यारोलले रक्षा नेपालमा आश्रति बालबालिकालाई भेट्ने कार्यक्रम छ भने उनले मिसेज नेपालका सहभागीहरूलाई घरेलु हिंसासम्बन्धी प्रशिक्षण पनि दिनेछिन्। क्यारोल वर्ष २०१३ का लागि घरेलु हिंसाविरुद्धका लागि विश्व सद्भावना दूतसमेत हुन्।
क्यारोलले मिसेज युनिभर्स-२०१३ मा शीर्ष उपाधिसहित मिस पपुलर एवार्ड जितेकी थिइन्। त्यसबाहेक उनी मिसेज मलेसिया युनिभर्स-२०१३, पूर्व मिस मलेसिया, पार्क रोयल होटल इम्प्लोयी अफ द इयर-१९९३, पार्करोयल होटल सेन्ट्रक एवार्ड फर कर्टसी-१९९३ जस्ता उपाधि विजेता भैसकेकी छिन्। उनी अंग प्रत्यारोपण अभियान-२००० मा पनि सरिक थिइन्। यो कार्यक्रमलाई मलेसियन बुक अफ रेकडर्््समा समेत सूचीकृत गरिएको छ, जसमा १ हजार ५ सय ८५ जनाले अंग प्रत्यारोपण गरेका थिए।
प्रकाशित :पुस २६, २०७०



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्